नेपाली अभिलेख

युग बालक

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

पिन्चे, लुत्याहा, परेवा–छातीछाडा,पुट्ट, सिँगाने, भुस्याहा साथी,काँढा !घ्यारघ्यार बिरालोको घाँटी,जाँडा ।यही न हाम्रो भविष्य सुई हो !टाढा !देवदूतले अभिशापित भुइँ हो,गाढा,ईश्वरलाई दुःख दिन दुई छन्,राँडा ।चित्र रङ्गीन उज्याला हेर्दछु,बाल !स्याउ फलेका, अनार फुटेकालाल !कसरी आउला नवीन सुनौलाछाल ?यस्तो यत्रो देवदूतकोहेला ?यो लापर्वाही, यो लाचारी,मेला ?“आउँदैनौँ” भने ती यसतिर फेरिजेलाँ ?सुन्दर झर्ने कसरी असुन्दरभेला ?

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)