नेपाली अभिलेख

रजनीसँग

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.के यी ताराहरु हुन् सारा अश्रुबिन्दुका रे जीवन ?फीका एक अँध्यारोभित्र, सुन्दर कोहीसम्झी जल्छन्,ढल्छन्?के यसैले विश्व–धनी ?सोध्छिन् उरमा शान्ति खसाली,अवनी !
ख.अपूर्व राम्री ए सुकुमारी ! तल फर्केकी मीठी जून !प्यास पहेंली देखिन्छयौ किन ?विषाद–वदनी सुन्दरतासरि !हृदय लिईकन चल्दछ कुन ,
ग.के यो तृष्णाकै हो मोहनी ?तिम्रो पनि ?कलिलो, पीलो, रसिलो, हिसिलो,केही आँशु–हँसिलो, यो नीलोमा,अविश्लेष्य यो शोभा केमुटु हो सतृष्ण विषाद ?जल्ले तिमी छौ धनी ?
घ.आउँछ याद !ग्रीसी पर्वतमाथि सुतेकोएक युवाको मालदेखी, मुग्धा, विह्वल बनिथ्यौकोही काल !
ङ.सुन्दरताको सुन्दरता होआूफूभन्दा परको प्यास !शायद त्यसैले अपूर्व तिमी छौ !सुषमा ! मृदुल, उदास !
च.जलभुवामा पथमा चल्नु,विहाग–रागमा अश्रुत झुल्नु,विरह–व्यथाझैँ मुस्की जल्नु,एकलासमा डुल्नु !पीयूषमुखी !तिम्रो यस्तो बानीले नैरानी !चकित जगत्ले सोध्छ, “त्यहाँ केबस्छ लुकी ?”
छ.अम्बरभित्र अम्बर हुन्छ,सुन्दर पनि के तिमीतिर रुन्छ ?यस्ती जगबकी तिमी अहो!कस्तो कल्पिन सक्नु सुन्दरहोला त्यो ?
ज.राम्रो सम्झी हामी रुन्छौँअवनीमा !हाम्रा कणझैं देख्छौ तारा,प्यासको भाषा पढिरहेछौँ,पीयूष मानी,रजनीमा !
झ.तर यो संसार मजा छ !तर यो संसार मजा छ !यस्तै ! यस्तै !यो बुलबुलको हो रात !चौबीस घण्टा ! चौबीस घण्टा !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)