नेपाली अभिलेख

बारेमा

स्वतन्त्र, सार्वजनिक नेपाली साहित्य।

यो अभिलेखले सार्वजनिक डोमेनमा रहेका नेपाली साहित्यिक कृतिहरूलाई संरक्षण, डिजिटलीकरण र नि:शुल्क पहुँच प्रदान गर्ने लक्ष्य राख्छ। पाठहरू मूल रूपमै राखिएका छन्; OCR/स्क्यान त्रुटि मात्र सच्याइन्छ, लेखकका शब्द बदलिँदैनन्।

सार्वजनिक डोमेन

नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कुनै कृतिको प्रतिलिपि अधिकार रचयिताको जीवनभर र निजको मृत्यु भएको वर्षदेखि थप ५० वर्षसम्म कायम रहन्छ। यो अवधि पूरा भएपछि कृति सार्वजनिक डोमेनमा प्रवेश गर्छ — अर्थात् त्यसपछि जोसुकैले स्वतन्त्र रूपमा पढ्न, प्रतिलिपि गर्न, वितरण गर्न र प्रयोग गर्न पाउँछन्। त्यसैले यस अभिलेखमा रचयिताको मृत्यु भएको ५० वर्षभन्दा बढी भइसकेका, सार्वजनिक डोमेनका कृतिहरू मात्र राखिन्छन्।

“(१) यस ऐन बमोजिम रचयितालाई प्राप्त आर्थिक र नैतिक अधिकार रचयिताको जीवनभर र निजको मृत्यु भएकोमा मृत्यु भएको वर्षबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।” प्रतिलिपि अधिकार ऐन, २०५९, दफा १४ (प्रतिलिपि अधिकार संरक्षणको अवधि), उपदफा (१)

पूरा ऐन यहाँ हेर्न/डाउनलोड गर्न सकिन्छ: प्रतिलिपि अधिकार ऐन, २०५९ (PDF)

हाल यहाँ 3 लेखकका 139 कृति छन्। स्रोत: Kavita Kosh, inepal.org, Internet Archive, sahityasangraha.com। प्रत्येक कृति HTML, मूल पाठ (TXT) र EPUB मा उपलब्ध छ।

सबै कृति प्रुफरिड र अधिकार-सत्यापन हुन बाँकी छ।