पिन्चे, लुत्याहा, परेवा–छाती छाडा, पुट्ट, सिँगाने, भुस्याहा साथी, काँढा ! घ्यारघ्यार बिरालोको घाँटी, जाँडा । यही न हाम्रो भविष्य सुई हो ! टाढा ! देवदूतले अभिशापित भुइँ हो, गाढा, ईश्वरलाई दुःख दिन दुई छन्, राँडा । चित्र रङ्गीन उज्याला हेर्दछु, बाल ! स्याउ फलेका, अनार फुटेका लाल ! कसरी आउला नवीन सुनौला छाल ? यस्तो यत्रो देवदूतको हेला ? यो लापर्वाही, यो लाचारी, मेला ? “आउँदैनौँ” भने ती यसतिर फेरि जेलाँ ? सुन्दर झर्ने कसरी असुन्दर भेला ?