नेपाली अभिलेख

तस्वीर

बालकविता · सङ्ग्रह: सुनको बिहान (बालसाहित्य)

(१)भनन भनन नानी । के गरी भो तयार ?कति रससित राम्रो क्या मजा ! चट क्या र ?सकल मुख दुरुस्तै पार्न सक्ने अपारकति चतुर कुरा यो जो छ तस्वीर सार ॥
(२)मुख पनि छ दुरुस्तै नाक ता ठिक्क झन् छरंग पनि त लुगाको ठिक्क क्या हेर । बन्छ ।रिस, खुश गजबैका भाउ छन् क्या दुरुस्तम त दिन दिन हेर्दै बन्छु आनन्द मस्त ॥
(३)सब जनकन यस्तै चित्रकारी कुनैलेबुरुशसित बनाए क्यार ! कल्पेर पैले ।हृदयभर भएका रङ्न पाए विचारकति कति दुनियाँमै गर्न सक्थें तयार ॥
(४)जति जति यसलाई हेर्छ यो बन्छ सच्चाअनि सब मुख बोल्छन् हुन्न क्यै हेर कच्चा।छिनभर यसभित्रै घुस्छु संसार पाईजसतिर मनमौजी सौख मिल्छन् मलाई ॥
(५)जब नजर लगाई जो पढेको सुनेरमन मन म विचार्ने बन्छ ध्यानी बनेर ।मुखहरु सब बोल्छन् बोल्दछन् चित्र सारारुखहरु सब फुल्छन् पंख बोल्छन् हजाराँ॥
(६)हिंडन हिंड सँगी ए ! एक हाँगा चढेरतलतिर सबलाई बीच तस्वीर हेर ।म त दिन दिन पढ्ने गर्छ त्यस्तै गरेरकति कति दुनियाँमा चित्रका नै पसेर ।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)