(१) भनन भनन नानी । के गरी भो तयार ? कति रससित राम्रो क्या मजा ! चट क्या र ? सकल मुख दुरुस्तै पार्न सक्ने अपार कति चतुर कुरा यो जो छ तस्वीर सार ॥ (२) मुख पनि छ दुरुस्तै नाक ता ठिक्क झन् छ रंग पनि त लुगाको ठिक्क क्या हेर । बन्छ । रिस, खुश गजबैका भाउ छन् क्या दुरुस्त म त दिन दिन हेर्दै बन्छु आनन्द मस्त ॥ (३) सब जनकन यस्तै चित्रकारी कुनैले बुरुशसित बनाए क्यार ! कल्पेर पैले । हृदयभर भएका रङ्न पाए विचार कति कति दुनियाँमै गर्न सक्थें तयार ॥ (४) जति जति यसलाई हेर्छ यो बन्छ सच्चा अनि सब मुख बोल्छन् हुन्न क्यै हेर कच्चा। छिनभर यसभित्रै घुस्छु संसार पाई जसतिर मनमौजी सौख मिल्छन् मलाई ॥ (५) जब नजर लगाई जो पढेको सुनेर मन मन म विचार्ने बन्छ ध्यानी बनेर । मुखहरु सब बोल्छन् बोल्दछन् चित्र सारा रुखहरु सब फुल्छन् पंख बोल्छन् हजाराँ॥ (६) हिंडन हिंड सँगी ए ! एक हाँगा चढेर तलतिर सबलाई बीच तस्वीर हेर । म त दिन दिन पढ्ने गर्छ त्यस्तै गरेर कति कति दुनियाँमा चित्रका नै पसेर ।