झाँगघर
(१)घर एक बनाउँ मिली सबलेजग होस् पृथिवी तर स्वर्ग फुलेसरि होस् दिल-फूल खुशी रहनेलहराहरु तुल्य विचार हुने ॥
(२)लहराहरुको घर एक नयाँयसमा छ अहो अरु नै दुनियाँ ।जिउको पिंजरा छ त्यहाँ मुनियाँ ।कति बोल्छ मिठोसँग बात नयाँ ॥
(३)कति झयालहरू यस झांगभरीझलमल्ल हवा सुखका लहरी ।सबभित्र पसाउन हर्र गरीसब शीतल झल्लर आँखिसरि ॥
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)