तारा तारा
निशिको बेला, चल्छु अकेला,मिरमिर सडककिनार ।अरण्य सदृश यो जगतीतलकोफोटो खिच्छ गगनले जलको,जनमन–आँशु हजाराँ !पवन, रुदित शिशु, शिथिल निदाउँछ,घोप्टी द्रुमको सहारा !थोपा चुहाउँछकहिलेकाहीँ,मूर्छित स्मृतिको किनारा !
बुद्ध चलेथे यी जलकण भनीफोटो निहारी निज उरको,मुकुट उतारी, मलम लिनाकननिमन्न घाउ सब नरको !यही सडकमा मौन चले मुनि,सृष्टिदेवीका दृगमा हेरी,सलिल स्रावको धरको !शहीद चलेथे जननी जल गनी,प्रातः समाउन युग परको ?अन्धकारका पार तरौँ भनी,स्वर्गमा मागन हक नरको !वसुन्धराको आत्मा निदाउँछ,स्वर्ग छ जागा, जल–झलझल !वेदनाको सागर लहरमाहेर्दछ झिम्की, तर्सी पलपलहृदय जलीकन दृगभर जलकणलिन्छ कि, रुन्छ कि सुरपुर सारा !निशिको बेला चल्छु अकेलामिरमिर सडककिनारा !
एक इसारा हृदय बोलाउँछ,निद्रा भगाउँछ पर सारा !सेतो, पहिलो राप चढाउँछ ।आदिदेवका आत्मा जलेथे,भारत व्योममा जसद्धारा !नचिकेताको आत्मा बोल्दछअग्नि–तत्वको सार खुलाईजलेर जलको कणीझैं वर्तुलचम्कन इच्छा लाग्छ मलाईअन्धकारमा छाम्दछु अमृत—ज्वालाहरुका लप्का सार !निशिको बेला चल्दछु अकेला !मिरमिर सडककिनारा !
तिमिर–भस्ममा तर परिणत दिनढुँढ्दछ नव छवि जलधि मनि !शिवले पिउँछन्गरल निशाको,मथिई निक्ले चन्द्र पनि ।आत्मा हो यो प्रलयोल्लङ्घकअमर, अमिट रे सौरकणी !
जलको बिन्दुभित्र अटाउँछ, जसमा यसले महल बनाउँछ,द्यौ–अवलम्बी, तल अवनी !शहीद–समाधि झैं निशा उपर छन्देही छविला जिउँदा सारा !अहो ! निसासिस्किन ए काँतर !अन्धकार पौडिन केवल,ज्योति छ यसको दूर किनारा !जब छन् राती, यस्ता साथी !छैनस् अकेला ! जल् सारा !जीव ए ! शिव हो ! जीव ए शिव हो !चम्किरहेछन् तारा, तारा !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)