नेपाली अभिलेख

तिनको घँसिया गीत

कविता · सङ्ग्रह: भिखारी (कवितासङ्ग्रह)

१.मखमल कोमल घाँस फुलेकागिरिको रसिलो सुन्दर काखपातहरूको हरियो छतमाचिरबिर छिरबिर चिडिया लाख।निर्मल गाढा नीर गगनकाटुकडाहरू छन् बुट्टादारपश्चिम लाली, पूर्व छ जालीबादल-पर्दा चित्राकार।एक अकेली, नयन-उज्याली,बदन हँसिली, गाला लाल,हलुका घुँघर घना मनमोहनचुम्वित, सरस, सुभाल।चाल स्वतन्त्र अकेलापनकोखुला उज्यालो बेयादफुल्दो यौवन हाँसिरहेकोपूर्णकलामा, यस्तो चाँद।छमछम चुरीहरू क्रीडा गर्छन्,चमचम हँसिया चल्छ छरीतसुन्दरीजलमा, शीतल थलमागाइन् तिनले घँसिया गीत।२.जलको छलछल रविको ढलपल,झिलमिल बादल, चलमल पातघाँस खिरीला, लाल भरीलाउनका छरिता कलिला हात।काटिरहिछिन् सरिताबालाभावहरूको तरूण निनाद।मन्द सुवासित शस्यहरूलेभर्छन् भित्री मनको सारदूर कतातिर पाठाहरूकोबज्छ गलाको कलिलो तार।कोमल कम्पन उठ्छ मनोहरफुलहरूको अधर खुलीमिल्दछ जलमा, मिल्दछ मनमा,जल्दछ बादलभित्र मिली।मुटुको चाल छ ताल मिलेकोविश्व छ एक सङ्गीतसुन्दरीजलमा, शीतल थलमागाइन् तिनले घँसिया गीत।३.सम्झँदा पुग्दछु अहिलेस्वरहरू सब ती ब्यूँझन्छन्चल्छ समय पछिल्तिर फेरि,चिडिया कलरव सम्झिन्छन्।प्रकृति उही रङ्ग लिन्छिन् फेरियुवती बस्छिन् काटी घाँसफुल्दछ उनको शिरमा फेरिघुँघर बीचमा लाल गुराँसयौवन जलको मधुर छचल्कनलाग्छ मलाई पारावारएक धुलाको कण झैँ पस्तछु,असीमताको सुन्दर द्वार।प्रकृति घुसेको हृदय कँपाउँछसुन्दरताको कुसुम-अधरआकाङ्क्षाको उड्दछ गाना,पुग्न उज्यालो कान्ति शहर।बोल्दछ काल मनोहर बोलीघाँस छुँदामा चीतसुन्दरीजलमा, शीतल थलमाउठ्दछ जब त्यो घँसिया गीत।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)