नेपाली अभिलेख

झरना

कविता · सङ्ग्रह: भिखारी (कवितासङ्ग्रह)

पहाडको शिखरबाटदेखेँ झरेको जल ।मेरो मनमा बत्ती बलेहजारौँ झलमल ॥त्यो पानीको झरनामाशक्ति कति छ लुकेको ।देख्न सके कति त्यसमाबत्ती बिजुली बलेको ॥तर हाय त्यसै नै पग्लीपानी व्यर्थ बहन्छ ॥के हामी मानिसकाहृदयका गिरिमाछैनन् यस्तै अटूटनिर्मल जलका झरना ?हामी भित्र भए यदि यस्तासुन्दर झरना हजार !हाय छ कस्तो अपशोच !अझ छ अँध्यारो संसार !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)