नेपाली अभिलेख

सौन्दर्य-उपासना

बालकविता · सङ्ग्रह: सुनको बिहान (बालसाहित्य)

(१)मलाई राम्रा सब चीज हेर्नअत्यन्त लाग्ने मन चित्त भर्न।आँखा दुवैले रस प्यूनलाईअत्यन्त आनन्द हुने मलाई ॥
(२)राम्रा उज्याला सब फूलबाटसुगन्धको सौख मिहीनसाथ ।दिलै भरी आउँछ गद्गदाईक्यै चीज, जो हुन्न बयान हाई ॥
(३)म प्यूँछु नीलो छतको मिठासतारा-जुहारी झलमल्ल खास ।म चाँदनीको रस प्यूछ मीठोआँखा कचौरा दुईबाट छीटो ॥
(४)नीलो कचौरासरिको अकाशघोप्ट्याइएको रस भर्न खास ।के त्यो उज्यालो जुन झर्छ याहाँ ?हो स्वर्गको अमृत खास याहाँ ॥
(५)अत्यन्त राम्रो दुनियाँ छ साराजुहार जस्ता झलमल्ल तारा ।बयान केही नहुनेछ फूलछ टाँगिएको झलमल्ल फूल ॥
(६)बनाउने यो दुनियाँ अपारराम्रो असंख्यै हुनुपर्छ क्या र ?कस्तो छ राम्रो सब कारखानाकस्तो हुँदो हो दिलमा खजाना ।
(७)मलाइ आँखाभर हुन्छ आँसुसरर्र भै आउँछ अंग मासु ।जसै म संझीकन ध्यान-द्वाराखडा गरी लिन्छु स्वरूप सारा ॥
(८)सबै नराम्रा जति ती कुरा छन्मलाई काहीं मनभित्र डस्छन् ।जो छन् उज्याला तर चीज राम्राती छन् सधैंका सुखतुल्य हाम्रा ॥
(९)देखेर यस्तो दुनियाँ विचित्रमलाइ लाग्यो मन भित्रभित्र ।यस्तै उज्यालो सपना बनाऊँछोडेर आफ्नो यश-नाम गाऊँ ॥

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)