हैँसा बुढीको मुख
(१)हेर धोति हिसिशून्य मुहार।चाउरीहरू बनी भरमार ।छन् अनेक खहरेकन खोंचक्या मुजासित चुनाउँछ शोच ॥
(२)रङ्ग छैन मुखमा न छ पट्ठीहातमा छ निहुरी लिन लट्ठी।आधि हेर जिउ भै उसपट्टिरूप क्या छ यसको सब छुट्टी ॥
(३)भाँच्छ ढाड पनि काल बसेरकेश पाक्दछ तुषार करेर ।छैन ज्योति धमिलो अब आँखाछैन यो जगत हेर्न चनाखा ॥
(४)मार्दछे अब बसीकन माखाझल्लरी सब धुजाहरू लाखाँ।आँगनै छ, निहुरी तर हैंसामाग्दछ अझ यातातिर पैसा ॥
(५)यो न बाँदर न भूत न बोक्सीक्या बुढी जिउ सबै अब टाक्सी।खसिईकन बनीकन खाक्सोमाग्दछे मसँग "देऊन चाक्सो ॥"
(६)देख्छु यो जब बूढी अबलाईलाग्छ हाँस्न मन हेर मलाई।दाँत खै त कुन ठाउँ अफाल्यौकेशमा हिउँ अहो ! किन हाल्यौ ?
(७)चाउरीहरू गला पनि तानीकल्ल कल्लसित प्यूँदछ पानी।कान हेर बहिरी किन ज्यूँछेआधि च्यानतिर भै जल प्यूँछे ॥
(८)गुन्गुनाउँदछ हेरन ओठक्या बुढी छ बिनु पातकि बोट ।तन्त्रमन्त्रहरू धेर निकालीपाल्दछ कि छउँडा र बिराली ॥
(९)ह्वैन ह्वैन अति जिस्किन हुन्नहुन्छ है डर बुढी यदि रुन्न ।छोप्दछे पछि त ऐठनद्वारायो भयंकर छ हेर बिचारा ॥
(१०)यो थिई अघि मनोहर पट्टीभैसकी अब त हेरन छुट्री ।जिन्दगी पछि अहो कति शून्य।भो खिसी बहुत गर्नु त हुन्न ।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)