नेपाली अभिलेख

सिँह र मुसा

बालकविता · सङ्ग्रह: सुनको बिहान (बालसाहित्य)

थियो गर्मी वेला हपहप थियो घाम बहुतबले झैँ आकाशै दनदन थियो धप्धपसित ।
बडो मानी गर्मी रुखतल सुती शीतलसितझिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ।।
थियो यौटा ठूलो सकल पशुको सिंह वनकोदुवै चिम्ली आँखा सुखसँग डटेको अति निको ।
छहारी हाँगाको हृदयकन ठण्डा गरिदिनेचरा बस्ने बोल्ने तलतिर रहेको सुख दिने ।।
बडो मस्ती पाई सुखसँग निदाईकन त्यहाँरहेको वेलामा सकल पशुको इन्द्र सुखमा ।
जरा बाङ्गा खोपी तलतिर बसेको अलिकतित्यहाँ निस्के मूसा खुरुरुरु गरी दौडन कति ।।
निदाएको राजाकन रति नटेरीकन त्यहाँचचीं च्वीं च्वीं गर्दै वरिपरि हिंडे त्यो समयमा ।
त्यसै हेप्दा हेप्दै पछिपछि चढे आँग त्यसकोबडो नाची उफ्री खुरुरुरु गरे शब्द ननिको ।।
चपाए कोहीले रउँ पनि मुसे दाँतहरूलेकुनै नाचे चढ्दै शिरउपर लामा पुछरले ।
कुनै वर्ले खुर्खुर्, तलतिर, कुनै पुच्छरतिरभयो नाचै जस्तै तिनकन त्यहाँ मेट्न रहर ।।
बडो मानी झर्को छिनछिन अजङ्गो छ सुतुवाछ हप्कार्दो मूसाहरुकन बडा टुष्ट भँडुवा ।
नटेरी चल्छन् ती छिनछिन उ हान्दो छ त पनिदगुर्दै छल्छन् ती चतुर सब छौँ झैँ रुखमनि ।।
बडो दिक्कै पार्ने सकल भुसुना मार्नु न त्यसैन निद्रा नै लाग्यो न त सहनु त्यो खुर्खुर उसै ।
चिचीं चूँचूँ गर्ने फिरफिर हुने काम कसरीभयो राजा जस्तो पशुसरि प्रजाका दुख घरी ।।
कुनै यौटालाई पकडसँग शिक्षा दिउँ भनीडरै लाग्दो पंजा बहुत हलुका उठ्दछ अनि ।
लिई यौटा मूसा चिचिचिचि गराई यति पनिभयो त्यो सिंहैले अब त भँडुवा मार्दछु भनी ।।
डराएको मूसा थरथर गरी काँप्दछ अनि“प्रभो, माफी पाउँ अलिकति त लाग्नेछु म पनि ।”
“कुनै मौका पर्दा यस जगतमा काम प्रभुको”कुरा सुन्दा यस्तो हहहह गरी भार हलुको ।।
लिई पंजामा त्यो हहहह गरी भन्छ “भुसुनातँ कामै लाग्छस् के कुन दिन कसोरी र मकन ।”
भनी हाँसी “जा जा ! अब तँकन त मारुँ यस दिनगयो जातै मेरो सब” यति भनी छोड्छ उकन ।।
पर्यो पासा उल्टो करम गतिको एकदिन रपर्यो पाशो आफैं कति न म छु भन्ने वनतिर ।
बडो गर्ज्यो तान्यो झटपट गर्यो व्यर्थसँग त्योबिकम्बा भो सारा बल, तमक, शेखी सकल त्यो ।।
सुनो आयो मूसा मुसुमुसु मुसे दाँतहरूलेयसो हाँसी जम्दै मकन नपत्याइ अरूले ।
त्यसै हेलाँ गर्थे तर जिउन बक्सी हजुरलेम छुट्कारा गर्ने प्रभुकन भएँ आज अहिले ।।
यसो भन्दै हाँसी मुसुमुसु मुसे दाँतहरूलेचपायो त्यो डोरो किरिकिरि गरी काट्न उसले ।
फुकी सिंहै सारै कुश हुन गई भन्दछ त्यहाँ“त्यसै सानो संझी गरिलिन खिसो हुन्छ र कहाँ ?”

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)