नेपाली अभिलेख

सार्की

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

कनिका–टीप,सडल चम्र्ममा राख्छन् सीप,थामन प्राण,विष्णुमतीमुनि अनगिन जल गोकरवीर चिताले पुस्तौँ दाबीसमाज, व्यक्ति कुन हो पापी ?मलको थुप्रो सडक किनारज्ञानी गुनीको चल्दछ धारदृगमा दिल खै ?मानवता गीत हजार !धम्र्मपथमा प्रेम–प्रसारकसकन मूक अपील है ?वैज्ञानिक एक धम्र्मतन्त्रलेराख्दछ स्थिति यो च्यापी !समाज, व्यक्ति, कुन हो पापी ?ए रे मखमल सेज मुलायम !आधा घण्टा देऊ त टायम,निम्ता मान,यो चिथराको, चोक–चराको,त्यक्त, अजान !उडुसहरुसँग सोध त केही,निज मानवताको नापी !समाज, व्यक्ति कुन हो पापी ?श्रम बाङ्गो हर, कुप्री निरन्तर,ढुसी मुखमा, सूज खुट्टी भर ।दम, खाँसी ।क्वाक्र्वार्त निशिभर, ढुङ्गा शिरभर,किरणविना क्वै, उदरप्रति डर,तम–वासी—हुनु मानिसकन के हो भन्नेअनुभव केवल च्यापीनिस्क त मानिस !मानिस तिमीले मर्नुपथ्र्योशिरमा भुङ्ग्रो थापी—समाज, व्यक्ति कुन हो पापी ?

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)