कनिका–टीप, सडल चम्र्ममा राख्छन् सीप, थामन प्राण, विष्णुमतीमुनि अनगिन जल गो करवीर चिताले पुस्तौँ दाबी समाज, व्यक्ति कुन हो पापी ? मलको थुप्रो सडक किनार ज्ञानी गुनीको चल्दछ धार दृगमा दिल खै ? मानवता गीत हजार ! धम्र्मपथमा प्रेम–प्रसार कसकन मूक अपील है ? वैज्ञानिक एक धम्र्मतन्त्रले राख्दछ स्थिति यो च्यापी ! समाज, व्यक्ति, कुन हो पापी ? ए रे मखमल सेज मुलायम ! आधा घण्टा देऊ त टायम, निम्ता मान, यो चिथराको, चोक–चराको, त्यक्त, अजान ! उडुसहरुसँग सोध त केही, निज मानवताको नापी ! समाज, व्यक्ति कुन हो पापी ? श्रम बाङ्गो हर, कुप्री निरन्तर, ढुसी मुखमा, सूज खुट्टी भर । दम, खाँसी । क्वाक्र्वार्त निशिभर, ढुङ्गा शिरभर, किरणविना क्वै, उदरप्रति डर, तम–वासी— हुनु मानिसकन के हो भन्ने अनुभव केवल च्यापी निस्क त मानिस ! मानिस तिमीले मर्नुपथ्र्यो शिरमा भुङ्ग्रो थापी— समाज, व्यक्ति कुन हो पापी ?