सालपाते फट्याङ्ग्रोलाई
क.चिल्लो ताजा हरियो सुन्दरसालको नकली पात !दुरुस्त रेखा, धर्सा, शिरा छन् !विशालताका साल विपिनकोतरु शाखाको ए सुन्दर पतङ्ग !अभिनवजात !
ख.रुपकी माउ, इच्छाशक्ति,जादूगर्नी खासा !प्रकृतिको यो संरक्षक रङ्गबीच बोल्दछे क्या वाचालयुग–भाषा !
ग.कस्तो सफल वाह ! तेरो समाधियो अङ्कुर,सहस्र संवत्सर भर विकसिस् !जिइस् तँ,व्यापी क्षणभङ्गुर !पतङ्ग मरे कति, पतङ्ग मरेन,त्यसको विकस्यो अङ्कुर !
घ.अभीष्ट आवश्यक भावुक जोकवि हो यस जन–वनमा रे !जादूको या परिणति दिनमादूर नसक्ला ?
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)