नेपाली अभिलेख

साँढे

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

मेरो नाम छ साँढे !वैज्ञानिक पटु शक्तितन्त्रलेमन्त्र गरीकन छाडे !पशुबल पाँडे !क्षेत्र क्या फाँडे !पन्ना पृथिवी उजाडेँ !“हा ! हा !” गर्दछ तर्सी दुनियाँ,डुक्री, हाँकी–हपारेँ !मेरो नाम छ साँढे !मानिस जाति थिचियोस्, मिचियोस्,के पर्वा ?बलको सुराले लाल छ आँखा,मेरा मगजमा रिसका ज्वलनकाअणु अर्वा !विस्फोटक छन् ध्वनिहरु ध्वुंसक,शठ–गर्वा !जवाफदेही दुनियाँप्रति के !तृणचर वा !अङ्गाररङ्गा हूँ ढाडे !मेरो नाम छ साँढे !दया भनेको कमजोरी हो,गर्जी ड्वाँ !बालक जन्मनसम्मन् तर्सून् !पृथिवी झ्वाँ !आगो डकार्दछु ! सभ्यता खार्दछु,भुट्दछु च्वाँ !किनकि म साँढे, साँढे नै हुँ !भाले ह्वाँ !वरपर हेरन, तर्सन छाडेँमेरो नाम छ साँढे !सभ्यता सब अट्ने उदर यो,शस्त्र शिङ्गार !फलाप मशल् औ विश्व निडर यो,वंव्–हुङ्कार !तोपहरुको मुहरी मुख योड्वाँ ओडार !प्रलयकालको हुँ पटु पाँडे !मेरो नाम छ साँढे !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)