सङ्गीत-सङ्गीत
मान्छे किन भो टिन झैँ खोक्रो ?केवल काँचुली ? केवल बोक्रो?
वीणा जीवन उसले बुझेन,सुरसा सङ्गीत एक बजेन,हजार हवाले तारै टुक्रयो ।
मानवताको मुटु तुम्बा,गुँज्नैपर्दछ सुरले गम्म,मानिसप्रति भै मानिस आफू,बज्नै पर्दछ लयमा झुन्न !!कुइराहरुले तन्त्री बिग्र्यो,भाइ स्वरले भाइ ठक्रयो !
मानवताप्रति मानवको ध्वनिसागरप्रतिको जलकण प्रतिध्वनि,जातिप्रतिको लयको रुनझुनि,समष्टिसँगको सङ्गतिमय ध्वनि,विकृत स्वप्नले बिग्र्यो ।
निश्चयताको शुद्ध प्रहार,क्षणको कम्र्म र भावप्रसारएकै लयका सुरक धार,एकमुखी तर विभिन्न हजार,मल्न नजानी झोक्रयो !
कलाकारको प्रतिभा देऊ !क्षण क्षण सुर सब बटुली लेऊ,‘मानवता’ यति लयको भेउमिल्छ भने यो जीवन सप्र्यो,नत्र आखिर टिनझैं खोक्रो !केव काँचुली, केवल बोक्रो !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)