नेपाली अभिलेख

सन्ध्या

कविता · सङ्ग्रह: भिखारी (कवितासङ्ग्रह) · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

ललितपुरको हाइ–कलाको शिल्प–कोविदले छिनोमन्त्रियो कस्तो कमाल !सन्तुलित कोमल चिनाले, बुट्टा कस्ता बान्कियो लौ !वाष्प–मरमर माथि लाल !वसन्त–महलमा आदिकालीनपश्चिमा भो आँखीझ्याल !चन्द्रागिरि माथि विशाल !जलपियो क्या ! सुनले त्यल्ले झल्ल पारी !खोपी भो राम्रो तयारी !अस्ताचलको यात्री छु म !कल्पनाको पङ्खमा छ मिठो भुरभुर !भावमा क्यै खल्लीबल्ली !समयको लामो सडक छ !युगहरु छन् गल्ली, गल्ली !मेरो आत्मा, एक दर्शक,खोज्छ सुन्दर, हल्ली, हल्ली !गवाक्षका बुट्टापछाडि कसको त्यो अनुपम वदन ?जसका मीठा दृश्य–टुक्रा गाँसी, गाँसी,झल्याक–झुलुकहरु, कल्पनालेचकित दिल यो खूब विलासी !सम्झनाभन्दा पुरानी, के हुन् ती सौन्दर्य रानी ?आदियुगकी राजदासी ?धप्प बल्दी, एकलासी ?अमरवयसी ? प्रेम–प्यासी ?बुट्टिएका बारमा ती, स्वर्गको दरबारमा ?वसन्त अन्तःपुरमा आज,श्रृङ्गारमा ?गाजलबट्टा रातो खोली लामा कोसमा लाउन तत्परछन् कि ? स्वपनी आफ्नो दिलको,प्रेम–सुन्दर ?कृष्ण–केशी ! केश फुहुन्छयौ ? जाली पार्न ? रत्न भर्न ?हृदय हर्न ? विजय गर्न ?सिम्रिकको वसन्त–भास्कर तुल्य चहकिलो टीकोचट्ट जड ए ! भालमा !थोरै पानीले पुछयौ जो चट् ! यो आँखीझ्यालमा !ऐनाअगाडि, निहुर, अड !विजयशक्ति जाँच मुस्की !मस्त होऊ, क्यै तरङ्गी, लाली फुस्की !थोर मेट, थोर थप रे !कल्प केही रे बराबर !सङ्गीतकी आत्मा सरि,अर्धलज्जिता ! गुनगुनाऊ,सुन्दरी !हिमालले बाफले बुनेकोपातलो, झमक्क झर्दो, झिसमिसको यो तुँवालो,थोरै सितारे चादर उचाल ! आँधी जूरो माथि डाल !कालो तिम्रो केश छ !अमरावतीको कुन झाँगमा पर्खिने सन्देश छ ?प्रियतम राजा चन्द्रको ?उक्लँदा छन् यो हिमाली, वन–कराली, चोर–चाली,अरण्यमा यो अरुन्धतीको !आदिकालीन ए परी !प्यार तिम्रो गर्छ जसको सम्झनाको लाल अभिसार !त्यो अमर, सदा युवक, औ कीर्तिशाली !त्यो अनिर्वचनीय शौकीन,राजामा मेरो नमस्कार !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)