मान्छे किन भो टिन झैँ खोक्रो ? केवल काँचुली ? केवल बोक्रो? वीणा जीवन उसले बुझेन, सुरसा सङ्गीत एक बजेन, हजार हवाले तारै टुक्रयो । मानवताको मुटु तुम्बा, गुँज्नैपर्दछ सुरले गम्म, मानिसप्रति भै मानिस आफू, बज्नै पर्दछ लयमा झुन्न !! कुइराहरुले तन्त्री बिग्‌र्‍यो, भाइ स्वरले भाइ ठक्रयो ! मानवताप्रति मानवको ध्वनि सागरप्रतिको जलकण प्रतिध्वनि, जातिप्रतिको लयको रुनझुनि, समष्टिसँगको सङ्गतिमय ध्वनि, विकृत स्वप्नले बिग्‍र्‍यो । निश्चयताको शुद्ध प्रहार, क्षणको कम्र्म र भावप्रसार एकै लयका सुरक धार, एकमुखी तर विभिन्न हजार, मल्न नजानी झोक्रयो ! कलाकारको प्रतिभा देऊ ! क्षण क्षण सुर सब बटुली लेऊ, ‘मानवता’ यति लयको भेउ मिल्छ भने यो जीवन सप्‍र्‍यो, नत्र आखिर टिनझैं खोक्रो ! केव काँचुली, केवल बोक्रो !