सम्झना
जब पृथिवीमा बादल आउँछजीवनमाथि विषादजब बर्षन्छन् आँसु झरीउरमा शुष्क उजाडजब सब तर्क बिलौना बन्छन्पीडा मनका यादभूकम्पपछिका स्वप्न शहरसम्झनु औंसी रात
चिच्याहट मरुभूमिमा, पुग्दछ हात निधारजीवन, बन्दछ धिक्कार, सफल बलीटो पार।गर्छु बिरानो निष्ठुरी संसार-जङ्गलभित्र पुकारजब जिउन नै बन्दछ बोझा, मनमा हाहाकार।तब सम्झन्छु आँसु अडाई पलकविषे तिमीलाई
सम्झनामा खिल्दछ उपवनरङ्ग र रस पाई।हराभरा भै उठ्छ बलौटोखेल्दछ शीतल जलगाउँछ कोकिल मनमा ल्याउँछएक वसन्त मृदुल।तिम्रो श्वास सुवास भरीचल्दछ मलय-लहरसम्झनामा सुतिरहेकाउठ्छन् तिम्रा मधुर स्वर।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)