नेपाली अभिलेख

सावन

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.आज सावन पावन दिवस, धूमिल, शीतल प्रातःकलिला, नीला, सलिल–ललित अचल, सगर–स्नातचुलीकी मोहनी, शोभा सचेत, तानेर जलको जालीएकान्त स्वर्गमा मुस्किरहिछन्,नरम–शरम–निठुर मोहिनी, बढाउँदी तृष्णालाई, टालीतिमिरबाट किरणी–कदम अनिल लहर भरीभावुक हृदय घण्टध्वनिमा पछयाउँछ विनय गरी,निदाउँछ घुसेर अन्तस्तलमा मधुर घुन्घुन भरी,निद्रित आत्मा जागृत गरी,सिर्जको कुत्कुती छरी !आज काँचको सङ्गीतमण्डल, लच्केको सगन झारीआज धरणी–स्वर्गको बिहा बिजुली झिल्कालाई झारीआज फूल र रेशमको दिवस विहगमालाको लुर्कनगा रे सावन–बादल पन्छी, परम, पागल मात !आज सावन० ।
ख.सबेरै जागी झोपडीद्धारमा जिज्ञासु किसानी बाला ।हेर्दछे राष्ट्रलाई चामेर डोलेको मकैले श्रमको फलधोबिनी फुर्केर स्वर्गको धुलाई उद्धार गर्दछे गानमाबैंशको हाँगामा बयसी सुन्छे स्वपना लिएर कानमाचञ्चल धानका जमरा लहरे प्रथम मंसीरद्धारापरको खेतको जलाम्मे पाटामा, रोपिने शौकले साराआज पृथिवी कलिली, पङ्किली, स्वपना, सङ्गीत झरझर ।आज कविको उरमा सुन्दर कल्पवनको चाडआज करुण सागर गर्दछ ज्यलित धराको यादआज उपल कलकल मुखर, शिखरहरुको ताल !आज इन्द्रधनुष दिवस स्वपन–वपन बेलाआज नील सून्य उपर बादलहरुको मेलाबाज् रे तार सदृश चिडिया स्वर्गका रङ्ग ती सातआज सावन पावन दिवस, धूमिल, शीतल प्रात

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)