क. चिल्लो ताजा हरियो सुन्दर सालको नकली पात ! दुरुस्त रेखा, धर्सा, शिरा छन् ! विशालताका साल विपिनको तरु शाखाको ए सुन्दर पतङ्ग ! अभिनवजात ! ख. रुपकी माउ, इच्छाशक्ति, जादूगर्नी खासा ! प्रकृतिको यो संरक्षक रङ्ग बीच बोल्दछे क्या वाचाल युग–भाषा ! ग. कस्तो सफल वाह ! तेरो समाधि यो अङ्कुर, सहस्र संवत्सर भर विकसिस् ! जिइस् तँ, व्यापी क्षणभङ्गुर ! पतङ्ग मरे कति, पतङ्ग मरेन, त्यसको विकस्यो अङ्कुर ! घ. अभीष्ट आवश्यक भावुक जो कवि हो यस जन–वनमा रे ! जादूको या परिणति दिनमा दूर नसक्ला ?