सागरभरि छाती चिरी
सागरभरि छाती चिरी पहाडबाट आएँतीन तारे सारङ्गी लिई क्षण भर गीत गाएँलहरसँग मितेरी लाई मैले छन्द पाएँकानबाट हृदयमा आज गुँड लाएँ
अघिको म तुना गाउँछु आजको म बालापछिको म खबर दिन्छु आँखा बल्दो ज्वालासबतिर रहने जो मिठो लाई लाईतारभित्र सुत्नेलाई ब्यूँझाई गाई गाई
आँगन आँगन डुलीडुली सानो रङ्गी चरीमोति जस्तो चामल मुठी माग्न भरी भरीशिशु बैँसै बृद्ध भन्छन मेरो सरल गानामुठ्ठी मुठ्ठी भरी प्यारा आँशु जस्तै दाना
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)