नेपाली अभिलेख

दिल कचौरा यो उचालौँ

गजल

दिल कचौरा यो उचालौँ खान्छु हीरा मर्न देऊरित्तो कर को यो भिखारी बर्छ आँशु झर्न देऊ ।
एक निलमको छ ढोका जो कुवेरको द्वारमाहीरा ढुकुटीबाट एउटा दाना केवल झर्न देऊ ।
फूल जस्ती कोमलाको छैन दिलमा के दयाजिन्दगी भो प्यास रित्तो एक थोपा पर्न देऊ ।
जिन्दगानी यो छ बादल कालो रङ्गको छेउमामर्छ भन्ने रोगीलाई चट्ट मर भनी मर्न देऊ ।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)