सागरभरि छाती चिरी पहाडबाट आएँ तीन तारे सारङ्गी लिई क्षण भर गीत गाएँ लहरसँग मितेरी लाई मैले छन्द पाएँ कानबाट हृदयमा आज गुँड लाएँ अघिको म तुना गाउँछु आजको म बाला पछिको म खबर दिन्छु आँखा बल्दो ज्वाला सबतिर रहने जो मिठो लाई लाई तारभित्र सुत्नेलाई ब्यूँझाई गाई गाई आँगन आँगन डुलीडुली सानो रङ्गी चरी मोति जस्तो चामल मुठी माग्न भरी भरी शिशु बैँसै बृद्ध भन्छन मेरो सरल गाना मुठ्ठी मुठ्ठी भरी प्यारा आँशु जस्तै दाना