रातकी आत्माप्रति
क.रातकी आतमा झकीझकाउ,आऊ !स्वर्गकी रानी !स्वपना–खानी !मन्त्रमुग्ध छन् प्राणी !प्रकृतिलाई नश–नश छोईसपनाऊ
ख.श्रमको अभिशाप परेको पृथ्वीहिप्नोसिसले सपनिन्छिन् !विश्रान्ति–विलासका शान्त कुसुमकाकुड्मल सुवासीमृदु हाँसी
ग.चढिरहेछन् काढाँमा,तिनका फुल्दा पत्ती टेकी,दिनको चर्को उज्यालो छेकी,यथार्थ कटुमा छायाढाली,विस्मृतिको मृदु मिरमिर डालीदूरवर्ती डाँडामा,आऊ निशीथिनी ! रत्नधनी तिमीगिर्दो तिमिरको मधुरो, मधुरोबर्षिरहेको नीलकमलको कल्सेंदो कण केशरमा !
घ.दिनको द्रुतलय थामी चल्दछसमयको प्रहरी–बीनामा,सुन–लहरीकी अन्तर मूर्छाओर्ल अगोचर झीनामा,राख जादूको चाँपे पाउ !रातकी आत्मा सुन्दरी ! आऊ !
ङ.दुइ शत कोटि दृगकन पारी, कुवेर, पुजारी,व्योमश्री !दर्शन देऊ ! मोती–फूलले स्वर्गको बारीढकमक पारी,मूक बनाई, सौता गी !आश्चर्यमौन छन् विद्युन्माला परिमण्डित रेभू–नगरी !रुन्छ जगत्को आत्मा, पातमा,प्रेम गरी !जलकण तारा–झिलमिल पुष्करटोह्लायो !शान्तिपरीले पोल्टो थपाइन् उसलाईटुहराई,‘रत्नहरुको शोला यो !’
च.
जगत्हरुका बर्तुल बीजनएकलासमा बोई,निशीथिनीका आत्मा गाऊ‘प्रलय भनेको खोइ ?’दुई तीन, दुई तीन ज्योति छरिन्छन्नेबुलाका ?बुझिन सारा रोपाइँकोतर भाका ?
छ.
ए मुनिकी घर । बोधिवृक्षकीफूल–छाना !यति धनी ता देखिन कोही !सुर–उपवनकी जनाना !केशफुका ए ! मुस्कुरी, मोहिनी,रत्न कुमारी !सपनाकी ए रानी ! आऊडरमा अल्पी प्यारा !जुहार–परीझैं ढल्की थोरैछातीमा,‘ भएँ म तेरी’ भनिद्यौ मेरीफेरो मारी,मरुँ अनि वरुँ, अमृत मृत्यु !स्तब्ध प्राण !सपना–बारी चारौंलास्वर्गोद्यान !……
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)