नेपाली अभिलेख

राजा केवल एक कलम देऊ

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

राजा, केवल एक कलम देऊ !सावनमा !क¥याङकुरुङको प्वाँखको डन्डी,हिमाली बादल छोएको,मानसरोवर सलिल उछाली,धोएको !निर्जन–बासा, एकलासी,प्रेमको बिन्दु रोएको,जीवनमा !
राजा, केवल एक कलम देऊ !सावनमा !घामछायाको विशाल वनमा,इन्द्रेणीको लच्कनमा,किरण–कणीको सुन्दर, सुन्दर,मिश्रणमा !सुन्दरताको मिश्रणले बरबर, बरबर,क्वै भावुकको रोदनमा,मुजूरहरुको नर्तनमा,कमलको भाउ कीचडका,रमरममा
तित्रा बादलतित्रा बादलतीन–तारे तितिरबितिरमाबोलिरहेको पक्रन्छुथोपल पङ्खी गगनमा,बेच्छु जुगान्जुग जनजनमाबोलुन् बराबर क्षणमा !विजय धनुष तब लच्केलाकालउपर !कुवेर दीन हुन्, इन्द्र डाहामा,हाँस तिमीभर्दै उर, हे भर्दै उर !
अमरत्वको ली झम्के परेलीकविताबोल्ली मलाई, “श्रृगार किन्दिनोस्बाबा सविता ! ”
धाई बनाउँछु त्यल्लाईतालिम नरमलेकाँढा मरुन् सब पृथिवीकाशीतल मलमले !तीन–तारे तित्रा मर्दैनन्बोल्छन् जगजुगमर्दछ काल शरमले !साँची राख्दछु आजको ढुकढुक,आजको बरबर,राजा !कवि भै साउनचरीकेवल एक कलमले !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)