रानीवनमा
क.यिन गिरिमा, होसभ्यताका नीला, गाढा, प्रकृत गढमा,फरफर पताका, शाखा !बल्लीहरुको दरबाजामा,फूल छन् पहरा लाखाँ !
ख.शीतलताको दरवार बनाईवन–रानी,वायु–पङ्खी अख–परीसँग,सुन्छिन्,सुन्दर बादल–कहानी !
ग.वृन्दावनका मुरली सम्झीदल नाच्छन् !महेश खोलो, पाषाण तरङ्गीओर्लिरहन्छ, ओर्लिरहन्छ,त्रिशूली, त्रिशूली बोलिरहन्छ, कुर्लिरहन्छ,भेट्न सधैंभर, नअघाई,उर्लिरहन्छ, उर्लिरहन्छ !अगणित भेट र अविरल ध्वनिहरु,प्यारका जोडी, युगयुग, तटमा,साँच्छन् !
घ.पर छन् ईँट, पर छन् चून !बोधा, अन्धा !रानीवन छन् अविकृत युगकीमिरमिर कहानी सानी–जसकी दिदी हुन् वृन्दा !
ङ.होला कोही मिरमिर कहानी–कसरी कुनै दिन क्वै नानी,यस वनकी फूल, उटज फुलेकी,भइन् जगतेकी रानी !
च.
यिनका दिल छन् ढुक्कुर, ढुक्कुर !यिनका बोली, जुरेली !भरखर बोली एक हाँगामाएउटी प्यार–सुरीली !
छ.यस खोलाका लहराभित्रलाग्छन् चिचिल्ला मन–रसका !प्रकृतिरानीको राज्य पवित्र !शहर–उपल्ला यी स्तरमा छन्चोखा कुसुमहरु दिल–खुशका !झुठा हाम्रा व्यापारहरुकनछन् झल्का !
ज.ए खोला ! दे करले लेखीसुन्दर एक शिलापत्र !एक बटुवाको नागरिकताकोइच्छा एक विचित्र
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)