नेपाली अभिलेख

पृथ्वी-भकुण्डो

बालकविता · सङ्ग्रह: सुनको बिहान (बालसाहित्य)

(१)भकुण्डो पृथ्वीको लडिबुडि गराई फनननदिदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन ।सधै पूर्व फेंक्दो दिन दगुरिने पश्चिम गरीभकुण्डो खेल्ने को कुन दिन छ अड्ने कुन हरि ?
(२)छ ठूलोमा ठूलो चउर अति नीलो फिलिमिलीसधै बत्ती बाली बहुत थरि हाँस्ने हिलिलिलीत्यसै एक्लै हान्दो लडिबडि हुने रातदिन नैकतै फुट्बल खेल्ने उसतरफ देख्यौ कि त कुनै ?

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)