पैसा
पैसा छ क्या चमकदार र मोलवालाआँखा हुने जगतका यसमै उज्याला ।
क्या गोलगोल अनमोल छ चट्ट बान्कीयो हातमा हुन गए मन उड्छ सन्की ।।
संसार गोल छ धनै पनि बाटुलो छपैसा यही सब कुराहरूमा ठूलो छ ।
पैसा भए हृदयमा सुखले खुलो छपैसा यही सकल रोगविशे मुलो छ ।।
पैसा छ जे छ अनि के यहाँ र फेरिपैसा भए कम जगत् छ हुने अँधेरी ।
पैसा छ शेर, धन औ बल तेज जानपैसा भए छ रहने सब थोक मान ।।
मै हूँ भनेर दुनियाँ पनि गर्छ सेखीरित्तो भएर जब उड्दछ हातदेखि।
कुत्ता बनेर जन फिर्दछ मानशून्यपैसा रहेर जगबीच अहो निधान ।।
पैसा सिकाउँछ सबै जनमा चलाखीपैसा बनाउँछ, गराउँछ दोष माफी ।
पैसा भए छुटिगए दुखदाग साफीदेखिन्न हेर दुनियाँभरमा खराबी ।।
यो पापको तर छ बीउ अनेक कालाचल्छन् छुरी र तरवार अनेक भाला ।
चिन्नता बढाउँछ यही मनभित्र ज्वालायो दु:खको घर छ घोर खराब छाला ।।
हुन्छन यसैक भजी सब काटमारहुन्छन् नजीक यसका सब धर्मसार ।
राम्रा कुरातिर लगाउनु हुन्छ स्वर्गगर्दा खराब तर लाग्छ अनेकतर्फ ।।
पैसा सँगाल तर खूब स्वभाव जानलागू नहोस् तर बनोस् सुखको मुहान ।
पैसा हुँदा पुछिदिनु दुख आँसुदानागर्नू सकेभर भलाइ नठान्नु साना ।।
यो हातको हक भनीकन धर्म निंतिगर्नु सधैँ असल बाबु छ यत्ति विन्ति ।।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)