(१) भकुण्डो पृथ्वीको लडिबुडि गराई फननन दिदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन । सधै पूर्व फेंक्दो दिन दगुरिने पश्चिम गरी भकुण्डो खेल्ने को कुन दिन छ अड्ने कुन हरि ? (२) छ ठूलोमा ठूलो चउर अति नीलो फिलिमिली सधै बत्ती बाली बहुत थरि हाँस्ने हिलिलिली त्यसै एक्लै हान्दो लडिबडि हुने रातदिन नै कतै फुट्बल खेल्ने उसतरफ देख्यौ कि त कुनै ?