नेपाली अभिलेख

पाप लाग्छ

बालकविता · सङ्ग्रह: सुनको बिहान (बालसाहित्य)

नटिप्नु हेर कोपिला!नचुँड्नु पाप लाग्दछ।नच्यात्नु फूल नानि हो!दया र धर्म भाग्दछ।।
नछोप्नु है चरी बरीसराप आँसु लाग्दछ।नमार्नु जन्तु है कुनैबसेर काल जाग्दछ।।
न घाउ चोट लाउनूसडेर चित्त पाक्दछ।धूलो नफेक्नु नानि हो!उडेर भित्र ढाक्दछ।।
हिलो नखेल्नु फोहरीखराब दाग लाग्दछ।न चित्त है दुखाउनुडसेर आँसु बग्दछ।।
बनेर फूल झैं सधैंहँसाउनू सुवास दी।सधैं रमाउनू जगत्रमेर नित्य आश दी।।
जताततै छ ईश रेछ सुन्नु त्यो विचार रे।छकाउने लुकाउनेनराख भाव क्यै गरे!

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)