पल्टन
ढरर ढम्म ढरर ढम्मढ्वाङ् ठोक सारा !आज जानुपर्छ नानीदेशनिंति प्यारा !
लेऊ हात हात लाठीलाम लाग सारा ।मार्न जाऊ देश शत्रुपोख्न रगत धारा ।।
पात पीं पीं लौ बजाऊछरन अबीर लावा ।वान् टु वान टु कदम चालगर्न हिंड्न धाबा ।।
आज जानुपर्छ हामीदेश-निंति सारा ।ढरर ढम्म ढरर ढम्मढ्वाङ ठोक सारा ।।
तालिमी छ आजलाईछन् लडाइँ हाम्रा ।बन्नुपर्छ है सिपाहीहृदय स्थिर र चाम्रा ।।
मर्नुमै छ स्वर्ग हेर !जिउनु कीर्ति खालीझनन झन्न झनन झन्नबाज काँस थाली ।।
मुटु र ज्यान आज हालीहुकुम एक पाली ।ढरर ढम्म ढरर ढम्महिंड्न कदम चाली ।।
छोड्नुपर्छ घर र बारदेश-निंति सारा ।यो हुरी पछाडि हामीबन्नुपर्छ तारा ।।
प्रभु छ माथि हृदय साथीमर्छ को र प्यारा !देश-निंति मर्नु जिउनुगुम्नु मेट्नु प्यारा ।
पीठ नदिनू बढ्नू बढ्नूचढ्नू कठिन किल्ला ।यो धूवाँ र आँधिपछिकीर्ति मधुर खुल्ला ।।
मान्यलाई मान कीर्तिहेर अबीर लावा ।जो डराई बन्छ श्यालकाँप्छ खाइ हावा ।।
छोड्नुपर्छ घर र बारबिर्स सकल प्यारा ।कस र छाती ताँति ताँतिहाँसी चलन सारा ।।
मट्टीको छ यो शरीरउड्छ बन्छ हावा ।देश-निंति चंकिनेछगर्छ जो त धावा ।।
वीरजाति ताँति ताँतिभाँति भाँति लाम ।लड्न चाल कदम कदमलाम यो नथाम ।।
नजर अघि छ आज हेरवीर हृदय तारा ।ढरर ढम्म ढरर ढम्मबढन आज प्यारा ।।
आज तिर्न ऋण र गाँस्नवीर हृदय माला ।शस्त्र हात सफल जातजल्नुपर्छ ज्वाला ।।
जाग काली ! जाग जागझलल झलल पारी ।देश-निंति शस्त्र अस्त्रछौ न शत्रु पारी ।।
पीं पीं पीं पीं पात पातलाम चाल चाल ।कालसरि आउनेछशत्रु पंक्ति छाल ।।
जिन्दगी छ यो लडाइँनेत्र झल्ल बल्ला ।जीउ धुलो भएर जान्छखालि आत्मा फुल्ला ।।
आज हेर सब नेपालीआगो लौ निकाल ।मार शत्रु पार ध्वंसचुली चढ्न थाल ।।
होश राख कदम कदमनाम यो नफाल ।वीर वीर धीर धीरबनन सकल तारा ।।
आज देश-निंति जानु -पर्छ दूर प्यारा ।ढरर ढम्म ढरर ढम्मढ्वाङ् ठोक सारा !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)