म
स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन–दाना तिलको,यति छु मसिनो ! सक्छ को सम्झन ?दिल झिल्को ?अलग सचेतन सागर चेतनकण जलको !जति जति गिर्दछु उति उति उठ्दछु !अन्त न बलकोविश्व बनाउँछु, विश्वधनी छु—क्षण–झुल्को ।सृष्टि, स्थिति र प्रलय म भोग्दछु,प्रतिपलको ।मेरा नीलिम गहिराइमामेरै अनिलकोतपन, जपन र अन्तः स्वपन छन्ऋजु र कुटिलको ।सब ती विसर्जन मिल्दछु जलमै,जल–फुल्को !जोरिन्छ जतातिर मानवतासँग,साँध यो दिलको,अनन्त शक्ति र ज्योति छु उत्तमयुगको अमर झिल्को !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)