नेपाली अभिलेख

भूतलाई झटारो

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

प्रकृतिले जब व्यङ्ग्य रेखिन्चेहरा तिनका बनेनेपालीको भान लेखिन्बान् भो हाम्रो भने ।
सब गधाले खुशले ऐंकेभ्यागुताले गाए कें केंभो भुजङ्गजाति प्रसन्नमातृभूका पुष्प रोएधन्य तिनको जन्म धन्य
(हुन त केवल शुक्र-कीरा!)ज्योतिषीले नाम राख्योकोहेनूर! वाह! विश्वहीरा!नामजस्तो व्यङ्ग्य के छ ?मणिधर भन्छन् सर्प जो छनेपाली रे देश-धमिराअङ्ग नै मानिन्छ राम रामसब खटिरा
व्याकरण मिल्दैन सड्छमाफ गर्नोस् !हँस्सी मात्रै लेखिरैछुआँसु झार्नोस् !पातालपुरीको गद्य भोअङ्ग्रेजीको उल्था जस्तो !हिन्दी वा नेपाली यो !तैपनि के दालरोटी-निम्ति कलम नरेटूँ यो ?
गधाका बच्चा हुन्छन् पाजीभ्यागुताका के हुन् काजी ?खूब पढाउँथे ती गुरु !(गुणशील गुरुका पुच्छर थिएलौरो सीङ?) भो है कथाकोहोस् न छिटै पो शुरु !
"ए गधा हो! 'फ्रग'को माने भ्यागुतो ।"फ्रगको माने भ्यागुतो ।फ्रगको माने भ्यागुतो ।""के रे? के रे? के रे? के रे?""भ्यागुतोभ्या! भ्या-गु-तो।"
एकादशीको दिन थियोपशुपति ल्याएछ काललेएक दिन निज धर्म्ममामरन्च्याँसे अक्षता-आशे!मालिक सम्शेर कोही सम्झेवेकुण्ठ सुख-टर्ममाचाकरीका निम्ति आए-शिवको अनि शेरको औ खीरको
धर्म्मराही धर्मराईभस्मेश्वरका पासमाचिता सुँघेछन् आफ्नो हैढल्को तनको भासमा ।"हे ठिटा हो!" बोल्न थाले"भातृभाषा मर्दछिन्नेपाली बाँच्दैन कहिल्यैहिन्दीले राज गर्दछिन्।"
मानिस मर्ला भन्ने डर पोआत्मा भरी छारो चल्योवेद तत्पर डग्मगाएगीता जल्यो गीता जल्यो ।
बोल्न एउटा लाज हो जबमानिस भैकन साँप स्याँक! स्याँक!भ्यागुतो क्याँक! क्याँक!लगुड हाम्रो भै सजीवबोल्छ हातमा-'टाउको टयाक! टयाक!'(माफ गर्नोस् तीतो लागे!)सग्लै छन् ती मन्त्र बोलूँ'फर्सी फ्याक! फ्याक!'
बाँसमाथि राख नरिवलकाक झुत्रो एक बनाऊतीतेपातीले सजाऊस्मारक एउटा महापुरुषकोमलको ढिस्कोमा बनाऊ!
मुर्दा बोल्थ्यो नेपालीमाछक पर्यौं ।क्या गह्नायो मुखको गन्ध ।थुक गर्यौ।
सिलटिम्मुर बरफसाथल्याऊ पहेंला चाँवल,श्याम भाग्छन् रात भरभरयस्ता मीठा पागल!
हीहीहह हीहीहहबोल्यो गधा!छेपाराले मुत्दछन् रेयस्ता बुज्रुगका चिहानमासर्वदा!
खूब झरीमा एक कुकुरस्याउँ स्याउँ कीरासड्थ्यो लाचार! नाम सोधेँरै हीरा।झन्डै झन्डै मै मरेथेंत्यो गह्नाईबान्ता आई!तिम्रो बुद्धि! गिद्धलोचन!यस्तै लाग्यो है मलाई!

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)