नेपाली अभिलेख

कुहू कुहू

बालकविता · सङ्ग्रह: सुनको बिहान (बालसाहित्य)

को हँ ? को हँ वनमा कुन को होगर्छ क्या कुहुकुहू सुन ओहो !हैन हैन म त हैन म हैनको हँ को हँ तर को चिनिँदैन ।
फूलमा छ कि ? कि छाँग हरामा ?वासमा छ कि उ हुन्छ चरामा ।या मुनातिर ? कि एक मुनामा ?हुन्छ भान सपना विपनामा ?
को हँ को हँ म त चिन्दिन हेरझल्किँदो रस अनेक लिएर ।लुक्छ को भन वसन्त फुलाईयो सवाल रसिलो छ मलाई ।
को हँ ? को हँ सित सोध्छ साराबालचित्त लहरी रसधारा ।को बनाउँछ वसन्त रंगीनसिर्जनाहरू गरेर नवीन ।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)