को हँ ? को हँ वनमा कुन को हो गर्छ क्या कुहुकुहू सुन ओहो ! हैन हैन म त हैन म हैन को हँ को हँ तर को चिनिँदैन । फूलमा छ कि ? कि छाँग हरामा ? वासमा छ कि उ हुन्छ चरामा । या मुनातिर ? कि एक मुनामा ? हुन्छ भान सपना विपनामा ? को हँ को हँ म त चिन्दिन हेर झल्किँदो रस अनेक लिएर । लुक्छ को भन वसन्त फुलाई यो सवाल रसिलो छ मलाई । को हँ ? को हँ सित सोध्छ सारा बालचित्त लहरी रसधारा । को बनाउँछ वसन्त रंगीन सिर्जनाहरू गरेर नवीन ।