नेपाली अभिलेख

किताब-चरो

बालकविता · सङ्ग्रह: सुनको बिहान (बालसाहित्य)

कति सुन्दर हेर किताब-चरोदुइ पंख फिजाउँछ यो बिचरोकति थोप्लिइ खोल्दछ झिल्मिल योम त मग्न बनीकन हेर्छु अहो ।
कति छन् तह हेर भुवा यसमाकति प्वाँख फिजाउँछ क्या रसमाजति हेर्छु उडाउँछ दूर कताम चढी यसमा छु सधैं विपता ।
कहिले म त बादलका महल-तिर पुग्छु सुनै सुन झैं असल !जसबीच कथाहरूको दुनियाँ-हरूमा म विचार्दछु बात नयाँ ।
कहिले परदेश पुगेर कतातसबीर भईकन छक्क म तापटना र बनारस बंबईमाम त डुल्दछु रंग भरी भुइँमा ।
कहिले कति सागर पार पुगीम त लन्डन डुल्दछु हेर ! सँगीकति मोटर बस् कति ट्राम हुनेर हवाइ-जहाज उडीरहने ।
म त गर्छु कुरा कतिसाथ कतिअघिका अघिका जति गर्छु उतिमुख मात्र रसाउँछ अमृतलेलिन छन्द मिठास खुशीसितले
अघिका अघिका दरबारहरूझलमल्ल खुली तरवारहरूझललल्ल बनीकन देख्छु म ताइतिहास भयो र कथा कविता ।
कहिले म त देख्दछु दृश्य नयाँकहिले सुखको दुखको दुनियाँअघिका जुगसाथ म गर्छु कुराकति मोज छ चढ्नु किताब-चरा ।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)