हुरीपछि गृहागमन
क.मीठो, मीठो, प्यारो गन्ध प्याज लसुनको आयो !सूघँ बडो सरसरायो !चट्याङ्गहरुमा जन्म लिएको, प्राणवायुको बाक्लो दानात्रिकणी ओजोन्,माछा, माछा गह्नायो!स्वर्गमा आज डीनर छ !क्रान्तिपछि ! कि ? क्या हो ?
ख.देवासुरको युद्ध पछाडिविजयको भोज छ देउताको !शुद्धीकृत यस वसुन्धराकोस्वपना आउँछ कताकताको !झुप्राहरु या अग्लेका,नौनी डल्ला पग्लेका !ठूलो कराही, माछा झुरझुर !रोटी कुरकुर !चम्चा काँटाहरुको सङ्गीत !एउटा मीठो नाच्ने गीत !“हाम्रो लङ्का–जीत !”
ग.दुलही जस्ती पो छ त घुम्टो जाली डाल्ली, सजल सुस्मिता,चन्द्रवदनी कृषिवाला यो ल्यासे जस्ती रात !रात्रि किसान्नी, तारा पारी, नीलो सारी,मुस्किन खोज्छे बादल उघारी !माइती सम्झी तैपनि भारी, सुकुमारी !अतिथि बनीकन आऊँ कि ? नानी !तिम्रो बन्दो व्यञ्जन चाख्न,घरमा भारी !हवाइ तलाउको माछा ! माछा ! मसलादार !
घ.पखालिएको स्वस्थ गगनमनिचल्नु छ मानो यस याम !कुपित क्रान्तिको कोप पछाडिछामछुम गर्नु क्यै रचनात्मकसुधारहरु क्यै प्रारम्भिक, स्वप्नगगनमा,ठाम, ठाम !
ङ.तर सुन ! तर सुन ! आर्कै गीत छ पृथिवीमा ए ?टुकुचा छयाङ्ग छयाङ्ग ! मैलो टुकुचा ! निम्न स्रोत छ !गरीबहरुको गीतसरि छ जहाँ धनीको स्वाङ्ग !साढेसात बज्यो ए टयाङ्ग ! टयाङ्ग !“दुःखमा अरुका मुखमा पर्छौ”भनेर सुन हे ! गाउन लागेप्याज, लसुनका डयाँग !दायाँपट्टि , फेरि कन्बक्रीट ? कसको घर यो !बुलडग ह्वाङ्ह्वाङ्?बायाँपट्टि, कसको छानो यस्तो छ्याङ् छयाङ् ?कुन भूसे यो ?क्वाङ्, क्वाङ्, क्वाङ्!
च.“पुग्यो यतिले ?”—बिजुली गिल्ली !सपना हुन गै जूनकी डल्लो ! कृषिवालाको स्वपना रल्ली !असन्तोष डकार्छन्डाँडा, खाडी !सडक उकालो बनेको पाउँछु !चिसो हवाले आशा घन्क्यो !चल्दछ निहुरी,जिल्ली, जिल्लीहावा बेखुश, के चम्क्यो !
छ.मीठा परीले माछा भुट्छन्वैकुण्ठभरि !एक चिथरीले हात पसार्छेएक पैसाको भटमास भनीकन,भूपुत्री, बिचरी !थुरथुर, नाङ्गीवरी !के आश्चर्य ? मेघ गर्जन्छ !असुरहरुका जीत रहेछ ! बास्ना आयो उनकै माछा ख’री !देउता भोकै मरी !प्रथम सङ्घर्ष हार रहेछदेउताको !बेस हो, चम्के हुरी !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)