जुनी
(१)चोर्ने र दिक्कत दिने जुनि हुन्छ झीँगाज्यादै सिंगार्न मनको जुनि बाइसींगा।अल्छी सुतालु छ अजिंगर नाम चोलाराखेर होश हिंड जन्म खराब होला ॥
(२)ठूलो म बन्छु जुन भन्दछ बन्छ हात्तीघोडा उ बन्छ जुन थिच्दछ दिन्छ लात्ती।खाने छ जो रगत बन्दछ त्यो हुँडारयै होश राख पछिको जनि लौ सपार ॥
(३)गन्दा विचारहरूले बनिजान्छ गन्धेजो दान दिन्न जगमा उ उन्यू छ भन्ने ।'ढुंगो हुने निठुर को दिल बन्छ' भन्दे'चोला सपार् मकन' कान दिएर सुन्दे ॥
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)