(१) चोर्ने र दिक्कत दिने जुनि हुन्छ झीँगा ज्यादै सिंगार्न मनको जुनि बाइसींगा। अल्छी सुतालु छ अजिंगर नाम चोला राखेर होश हिंड जन्म खराब होला ॥ (२) ठूलो म बन्छु जुन भन्दछ बन्छ हात्ती घोडा उ बन्छ जुन थिच्दछ दिन्छ लात्ती। खाने छ जो रगत बन्दछ त्यो हुँडार यै होश राख पछिको जनि लौ सपार ॥ (३) गन्दा विचारहरूले बनिजान्छ गन्धे जो दान दिन्न जगमा उ उन्यू छ भन्ने । 'ढुंगो हुने निठुर को दिल बन्छ' भन्दे 'चोला सपार् मकन' कान दिएर सुन्दे ॥