(१) घर एक बनाउँ मिली सबले जग होस् पृथिवी तर स्वर्ग फुले सरि होस् दिल-फूल खुशी रहने लहराहरु तुल्य विचार हुने ॥ (२) लहराहरुको घर एक नयाँ यसमा छ अहो अरु नै दुनियाँ । जिउको पिंजरा छ त्यहाँ मुनियाँ । कति बोल्छ मिठोसँग बात नयाँ ॥ (३) कति झयालहरू यस झांगभरी झलमल्ल हवा सुखका लहरी । सबभित्र पसाउन हर्र गरी सब शीतल झल्लर आँखिसरि ॥