इन्द्रेनी
क.पग्ले सृजन–घन, हे साउनरङ्ग–धनीलच्की ललित रे चुली चुलीगाँसी, कलाकीइन्द्रेणी !
ख.वाष्पद्रवमा किरण–बुना योधनुष नवीन !हान्दछ, कुसुमशर दृग–दिलमा !झन्कार्दछ क्याभाव नवीन !
ग.पहिलो कवि पछि लोचनकासलिलकणकिरण चढेथे, किरण लडेथेस्वर्ग पुगीकन,अवनी छुन !
घ.सत्य नै के यसरी पहिलेपग्ल्यो होलारङ्ग–पागल ?सृष्टिपरीका चुहे परेलायसरी झझल्की,पहिले लगाई,यो गाजल ?नवीन वधूका दुःखसुख मिसिई,झल्लरमा झलझल ?
ङ.अश्रुत सप्तस्वर निर्झरिणीके यो ?घाम–छायाको मायाको केशादी सुन्दर ?रङ्ग–निर्झर ?दुःखसुख झरझर ?स्वर बरबर ?
च.जादूचरी सलिल–तनीको कुसुमे लच्कोचुली, चुली, साँघु बाँधी,दिव्य प्रदर्शन किन यो मचियो ?गाउँछन् मसिना बुलबुलचरी !वाह ! कलाको, दृश्य, श्रव्यमा,विजयधुरी !
छ.न, किन हो ए ! झल्केकी ?स्वर्ग र पृथिवी टूट,सुन–नर–फूट,जोर्न तिमी छौपल्केकी ?
ज.बोक्सी बत्ती स्फुटिट किरणकीरङ्गिली बन्ध !घन जलकण सब हुन्छन् पतङ्ग !ज्वलन छ तिनकोचरमानन्द !
झ.मर्न सिकाऊ बादललाईबलिदानी !फुर्न सिकाऊ भू–लाई हे !इन्द्रेणी !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)