नेपाली अभिलेख

ईश्वर तैँले रचेर फेरि

कविता

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्?सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्?त्यो फूल हरे मलाई दिई कसरी पछारिस्?हे दिदी मैले ती मुना देख्ता मुनाको मुहारती मुना पनि मर्दछिन् भन्ने थिएन विचारमुना छातीको जुहार!पृथिवीतिर नहेर मुना म पनि आउँछुआँखामा आँसु लिएर चिनो म भेट्न आउँछुप्रेमको हीरा छुटेको तल म लिई आउँछु।कसरी खायो आगोले दिदी कमलको शरीर?कसरी खायो निठुरी भई कमलको शरीर?म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँखरानी तिनको मलाई द्यौन छातीमा लगाऊँहे मेरी आमा हे मेरी मुना म यहाँ बस्तिनम यहाँ अब बस्तिन आमा म यहाँ बस्तिनम यहाँ अब बस्तिन मुना म यहाँ बस्तिनहे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् तीज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्तीस्वर्गका चरा गाउँछन् उनको मधुर जयन्तीपर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाईम रुने छैनँ गएर भोलि भेटुँला तिनलाईहे दैव पर्दा चाँडै नै उठा धन्य छ तँलाई

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)