(१) हेर धोति हिसिशून्य मुहार। चाउरीहरू बनी भरमार । छन् अनेक खहरेकन खोंच क्या मुजासित चुनाउँछ शोच ॥ (२) रङ्ग छैन मुखमा न छ पट्ठी हातमा छ निहुरी लिन लट्ठी। आधि हेर जिउ भै उसपट्टि रूप क्या छ यसको सब छुट्टी ॥ (३) भाँच्छ ढाड पनि काल बसेर केश पाक्दछ तुषार करेर । छैन ज्योति धमिलो अब आँखा छैन यो जगत हेर्न चनाखा ॥ (४) मार्दछे अब बसीकन माखा झल्लरी सब धुजाहरू लाखाँ। आँगनै छ, निहुरी तर हैंसा माग्दछ अझ यातातिर पैसा ॥ (५) यो न बाँदर न भूत न बोक्सी क्या बुढी जिउ सबै अब टाक्सी। खसिईकन बनीकन खाक्सो माग्दछे मसँग "देऊन चाक्सो ॥" (६) देख्छु यो जब बूढी अबलाई लाग्छ हाँस्न मन हेर मलाई। दाँत खै त कुन ठाउँ अफाल्यौ केशमा हिउँ अहो ! किन हाल्यौ ? (७) चाउरीहरू गला पनि तानी कल्ल कल्लसित प्यूँदछ पानी। कान हेर बहिरी किन ज्यूँछे आधि च्यानतिर भै जल प्यूँछे ॥ (८) गुन्गुनाउँदछ हेरन ओठ क्या बुढी छ बिनु पातकि बोट । तन्त्रमन्त्रहरू धेर निकाली पाल्दछ कि छउँडा र बिराली ॥ (९) ह्वैन ह्वैन अति जिस्किन हुन्न हुन्छ है डर बुढी यदि रुन्न । छोप्दछे पछि त ऐठनद्वारा यो भयंकर छ हेर बिचारा ॥ (१०) यो थिई अघि मनोहर पट्टी भैसकी अब त हेरन छुट्री । जिन्दगी पछि अहो कति शून्य। भो खिसी बहुत गर्नु त हुन्न ।