नेपाली अभिलेख

एशिया

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

अमृत कलकल वाणी !ज्वालामुखको तिम्रो माला, द्धीपपुञ्जको भूषण ।“आमा” भन्दछ आधा मानव, लाख विहङ्गम वाणी !अगणित तिम्रा राष्ट्र–अङ्गमा जागृतिको छ तरङ्ग,रङ्ग छ एक बिहानी !जाग जाग हे !
शिखर लाग हे !चिरनिद्रित दृग मिच ज्ञानी !निर्मल हृदय छ तिम्रो वैकाल, वल्कसको जल–खानी !प्रथम किरणकी ऊँची चुली, प्रथम सृष्टिकी रस लहरा !सभ्यताकी गुरुमा नि !सकल धम्र्मकी किरण–केन्द्र ए ! विश्वकी पहली बिहानी !पामीर तिम्रो विश्व–छत्र हो ! झ्यालमोलङ्मो कीर्ति–चुली !स्टानोभोइदेखिन् एल्बुर्जपर्वत–हार बयानी !निहुरिन्छयौ तिमी यूरालउपरमा चुमी यूरोपा रानी,उत्कर्षहरुको खानी !चिरशोषित हे ! चिरदूषित हे !जाग, जाग हे जाग !
अरबौं जनका जनशक्ति लिई उन्नति–पथमा लाग !उच्चारन हे विश्वप्यारको,विश्व–शान्तिको वाणी—महाद्धीपकी ए महारानी !आर्य र मङ्गोल द्राविड, निग्रो, कमचटूकी या जापानी,सुमेरुदेखिन् वालीसम्मन् यूराल फुजी सीमानी,एक लहरमा सब लहरेलान् !एक प्रभावले सब सिहरेलान् !!एक हि लक्ष्य निशानी !मानवताको झन्डा उचाली !युगका कुइरा फाली !!एक सूत्रमा सकल राष्ट्रको प्यारको माला गाँसी,भाइ परस्पर जानी !उच्चालित होऊ !उच्चालित होऊ !जाग जगत्मा, मावनताकोजीवशक्ति प्रमाणी !महाद्धीपकी ए महारानी !सकल विभवकी खानी !जाग एशिया रानी !
चीन छ तिम्रो वीर सुपुत्र सिंह उठेको अब शानीरुस सदृशको तनय विशाल छ, विश्वविजेता विज्ञान ।तर भूतलमा आज छ राती,थरथर काँप्दछ मानवजाति,आण्विक ली पशुबल कोही धम्की दिन्छ नजाती,तिमीले बोक्नु छ आश–दियालीतिमीले अमृत–थालीतिमीले बटार्नु छ सूत्र सुनौला, प्रेमको पन्था चाली !विश्वशान्तिकी ध्वनि बन शानी !महाद्धीपकी महारानी !जाग छ आज बिहानी !!

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)