एक सुन्दरी वेश्याप्रति
छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव !फली, फुकी, धनीधरा सुनौलिएर मुस्किइन्!सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी !ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ?
रसाल भार रेशमी विचित्र चित्र रेखिए !बन्यौ कि फूलले तिमी ? सुगन्ध ली हवा बहे !रङ्गीन ज्यान झ्यालकी ! बजारबीचकी उषा !उपास्दथें म अम्बिका ! झसङ्ग झैं यहाँ भएँ !
शरन्निशा तिमी झुकी, झिकी लजालु घूँघट,स्मिति–प्रयोगिनी बनी, जिती सफेद चाँदनी,सितारिंदी उदाउँछयौ ? बनाइ अङ्ग मख्मली ?टुना गरेर चित्तमा चकोरका झिलीमिली ?
अनङ्गबाण झैं बस्यौ ? मिलिन्द डाक्न चञ्चली !स्वरुप–शिल्पकारको टुना गवाउनाकन ?म हूँ सितार स्नायुको, बजीरहेछु झन्किँदै !समुद्र आज हो बडो छचल्किँदो जुनेलिँदै !
गुलाफतापले रचे विरिञ्चिले मनुष्य कि ?मिलेर राग, वासना, फलिन्, फुलिन् वसुन्धरा !छ मासुरङ्ग रेशमी लुगा लगाउने चरी !अनङ्गबागमा बसी अलाप्दछे धनी सुरा!
जिती समाधि साधुको परी अपूर्व छिल्लिए !छ मृत्तिका–प्रधान नै मनुष्यजीव, भूसुता !म मासु–लाञ्छना गरी म पस्छु है चिसो गुफा !म फूलको हूँ पारखी ! म पुज्छु सृष्टि, सुन्दरी!
मिहीन वाण हानिंदा, न घाउ लाग्नु हो शिला !म मासुको ढुकढुकी हुँ! म वेदना, म शास हुँ !म चर्म रे ! म दृष्टि रे म रश्मिको जवाफ हुँ !म हारको विहार रे ! म पादको सिँगार हुँ !
म स्वप्निंदो छु उर्वशी, जिलाउँदो छु मेनका !मलाई दिव्य कामिनीको तिर्सना अनन्त छ !म मत्तमा ! म मस्तता ! मलाई प्यास सुन्दर !म अड्छु ! फुल्छु, हेर्छु रे ! मनुष्य पुष्प फर्फर !
इशार, फुल्छ चित्त यो ! पुकार, चल्छ छाति यो !म मासुको गुलाफको मिठास के गरी? भूलूँनिसर्गको छ ऐन यो ! छ कृष्णलाई चैन यो !समाधि–मग्न शम्भुको प्रकोपवादको खुशी !
म दीपको पतङ्गको अडान–निम्ति वार के !यही त ब्रह्मपाश हो ! र बाँधिने मिठास हो !यही चकोर प्यास हो ! हुनाको मात, आश हो !म पौडिने तरङ्ग हो ! म मस्तिने सुवास हो !
न साँझ चान्द्र शैलमा प्रभापुरी अघि स्फुटीगुलाफिइन् हिमालका समस्त टाकुरा जली !यही अपूर्व कीर्तिले ! पखेरु खल्बल्याउँदै !इशार स्वर्ग ! छैन त्यो भनेर भो म भन्दिन !
चिनेचिने सरी छ क्यै ! मलाई “आ” भनीकनइशार्दछयौ ! म आउँला ! पिएर तृप्तिँ ल्यूअघि !मलाई बोधिसत्वमा पु¥याउँ भन्छ पालुवा !समस्त चारु चीजले मलाई आज डाक्दछन्!
तथापि अड्छु गौडले ! छ पर्श कालको यहाँजहाँ उडेर रङ्ग क्यै परेछ दाग द्धारमा !तिमी गिज्याउँछयौ अरे ! म मूर्ख हैन, ए पख !समाजलज्ज मान्नको छ देखिने अरु टक !
‘सुटुक्क झट्ट आ !’ भनी रुमाल फर्फराउँछयौ ?कटाक्ष तीक्ष्ण लाउँछउौ ? सवाल मौन ल्याउँछयौ ?यहीं छ द्धार, देख्छु है ! ए पर्ख ! क्यै निरख्छु है !म देख्छु छूत मृत्युको ! त्यो चोइटो खसेछ है !
यहाँ त मृत्यु देखिनै हुँदैन रे तिमी जहाँ !न हाँस ! कालको कथा कता कता सुनिन्छ है !तिमी नजीक काल के ? म कालसाथ लड्दछु !तिमी भिडाउ सुन्दरी ? म मृत्यु साथ भिड्दछु !
उषा थिइन्, जली मरिन्! सुवर्ण–साँझ अल्पिइन्न आँशु, हुन्, न तारका, वितान झल्झलाउँछ !न देखिने खुँडा लिने मलाई क्वै सताउँछ !कुचाल मार्छ सुस्तरी ममा प्रहार गर्न ए !
प्रसूनसाथ रोइनौ ? निशाग्रटधोइनौदृष् ि?र पुत्तली पखेरुका सुवर्ण–धूल छोइनौ ?सुचारु साँझ जल्दथिन्, तिनी अगाडि रोइनौ ?गलेर चाँदनी कणी, जली, ढली, थपोइनौ ?
म मार्छु मृत्यु सुन्दरी ! म क्रोधमा छु ! मार्न द्यौ !विनाश चाल मार्छ रे ! म रोक्छु गर्व झर्न द्यौ !म फूल झर्न दिन्न रे ! म रङ्ग उड्न दिन्न रे !अहा ! यो मुस्कुरी पला अमोल हिँडन दिन्न रे !
तँ वैंश ! अड ! नमर् ! नमर् ! म गाउँला सदा ! सदा !सुरा न सिद्धियोस् परी ! नशा भरी, र प्यास होस्!तँ झ्यालको न नाश होस्! तँ दृष्टि नित्य दास हो !झकाइ, यो अटूट होस् ! तिमी, सदा निमन्त्रणा !
ए चन्द्रमा ! कला नफेर्! तँ मेघ हे ! नजा नघेर्!तँ पोज बस्! तँ ओठ जी ! ‘मुसुक्क !’ मर्त्यता नवर् !तँ नूर हो स्थिरप्रभा ! यहाँ छ –कामिनीशिखाधधग धधग ज्वलन्त जो, तँ चित्त ! नित्य धग्धगा !
म वीर हुन्छु प्रेयसी ! शिंगार शस्त्रले तिमी !पठाउ काल युद्धमा !चढाउ अश्व, कल्पना !अरण्यमा विशाल त्यो जहाँ गएर जानकीदिएर रामवाहुमा प्रचण्ड शक्ति मुस्किइन्!
निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ !तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु !तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो !हिमाल सम्झ पार्वती ! रसालकुञ्ज, राधिके !
अचम्म ! छौ बजारमा ? यहाँ कसोरि छौ तिमी ?विशाल सृष्टि–वल्लरी प्रफल्ल एक पुष्प ए ?म सोध्छु ए ! विचित्रकी तरङ्ग ! वृत्ति–बावली !मभित्र बज्छ बाँसुरी, मिहीन औ पुरानिया !
न तौल अङ्गुली तिमी ! दशैं त मूल्य हो भनी !हजार ज्यान अर्पिने विलासदास सामुमा !अहो ! कसोरि सस्तियौ ? तिमी ? लसुन, प्याज झैं !छ सानु रश्मि जो यहाँ, चढाउलाई हाँक खै ?
जमीनमा झरी बस्यो मिठासको महाफल ?कहाँ छ टिप्नुको मजा ? र ज्यान जानुको रस ?ए प्रेरणा विशालकी ! गंभीर–अब्धि कूलमाबनेर रेणका म¥यौ ? जहाज–पाल बन्दिनौ ?
शहीद चारुको म ता ! प्रभातको विहङ्गम !म स्वर्गपुष्प–चोर रे ! प्रताप आत्मदानको !मलाई माग चाहियो ! मलाई आग चाहियो !म भस्मबाट ब्यूँतिने विलासको चरा नहुँ !
म पूर्ण आफू दिन्छु हे ! जुहारलाई ज्यान् होस !मुहारलाई प्राण होस् ! मिटान निम्ति शान होस्!म दिन्न अंशदान ए ! म सिंगुलै चढाउँछु !नमाग यत्ति मात्र रे ! म आउँदो छु ! धाउँछु !
तिमी त सृष्टिधूलिका, मिले म विश्व रच्दछु !विशाल सूनसान नै बसाउनेछु सुन्दरी !कुँदेर चन्द्रखण्ड यो अपूर्व शिल्पकारलेछ मर्नु ! यत्ति मोलमा बिक्यौ भने प्रभावकारी !
बुझें ! बनेर व्यङ्ग्यकी विशालता तिमी बस्यौबजारमा समाजको, गिज्याइ आजको मुख ?जहाँ छ साँढे स्वार्थको सुचारु –पुष्पभक्षक !जहाँ छ राज्य मासुको र आँशुको जलाशय !
छ कीट लुब्ध पुष्पमा ! विनाशसार प्यार छ !ठगी, अपूर्व रुपको ! र नोटको बजार छ !चुरो किनिन्छ मानवी ! गरीबमाथि मार छ !जहाँ समाज नामको कुनर्कको मुहार छ !
समानता अजीव छन् जहाँ, र ढ्वाँग सार छ !अहा ! बनेर व्यङ्ग्यकी प्रदीपिका जल्यौ तिमी !तिमी मनुष्य–मातृका ! तिमी सुधा ! तिमी क्षुधा !विशाल विश्वदीपिका तिमी ! तमोमयी तृषा ?
यो लात हो विरिञ्चीमा ! यो सृष्टिमाथि लाञ्छना !निसर्गको प्रवञ्चना !यो दागदीप आजको ?विशाल व्यङ्ग्य, व्यङ्ग्य हो !समाजको समाजको !
प्रकोप–मूर्छिता चिता ! कराल सुन्दरी तिमी !निशुम्भ, शुम्भ डाक्तछयौ ? प्रचण्ड, चण्ड, मुण्ड के ?लगाइ रुण्ड मुण्ड के ! छछम्! छछम्! धिधिक्! धिधिक्!धपक्क बल्न इच्छियौ? जमीन डग्डगाउँदै ?
ए व्यङ्ग्य ! व्यङ्ग्य नै बनी गिगिल्ल, हाँस झ्यालमा !म बुझ्न सक्छु कालिके !सिंगारिई सुरा पियौ ?ल नाच ए भयङ्करा !
सती, प्रलाञ्छिता, भृता, प्रकुण्ठिता, प्रवञ्चिता,रुलाउँछयौ विभेदले, झिझिल्किएर शानमा !शठात्म–रुण्डमुण्डको झुलाउ माल्य अङ्गले !मताउ ती महापशु ! प्रताडन अगोचरा !
स्वरुपमा नदेखिई, स्वभाव के लुकाउँछयौ ?रुमाल के फुकाउँछयौ ?गिगिल्ल, फर्फराउँछयौ ?मुसुक्क काम पुत्तली बनी तिमी छकाउँछयौदशाङ्गुली, गनी, गनी,“तँ आ !” भनीजनाउँछयौ ?जनाउँछयौ वलि ?छली ?नमाग पेटले तिमी मलाई ! डर्छु हे खरी !नडाक मासुले तिमी मलाई ! जल्छ है डढी !म धीर, वीर मर्द रे ! सहन्न मान–हानि यो !नजिस्क, जानिजानि यो !
नजिस्क है !म डाटुँला, न रुप चिने सरि ?ए फ्याउरी !ए स्निग्ध घोडा घाँसकीखरिद प्यार मासुकी !ए गर्त ! यौनप्यासकी !ए पुत्तली विनाशकी!विकारकी ए दाउ ए !सँभाल वृत्ति आउ हेलुकी, छली, नखाउ औ चपाउ हे ।समाजध्वंसकी तिमी मिठीमुहार माउ हे !न मान्दछयौ भने हरे !छ के सिवाय वेवशी ?ए उर्वशी !
यो कत्रो रीस , कत्रो रीस ?भन्दछयौ “त्यहीं बसिस्?न आस्यमा, न आस्यमा,परिस्, मरिस्?”लुकाई गन्ध क्रोधको, ज्वलन्त क्वै चितासरि,शिकारका खरानीले घसी मुहार सुन्दरी,महाशिखा !उडाउँछयौ प्रलोभिनी !यो इविनिङ्पेरिस्!अपूर्वकी कला बनीदिई जगत्मा लात के ?खसाल्न गर्तमा सिक्यौप्रलुब्ध पूँजीपातके ?
ए काम वारिवाहकी निवासिनी सुदामिनी !गिराई वज्र ज्योतिको,बिलाउँछयौ निरुत्तरा ?छुँदै लिएर प्राण के ?हराउँछयौ विनाडर ?ए सृष्टि वारि–वर्षिणी !ए नागिनी ! ए दंशिनी !प्रहासिनी !ए पाशिनी !ए सृष्टि–माउ ! सृष्टिकी प्रभक्षिणी,अभागिनी !
पुजूँ कि पाद ?–प्रभास्त्री !हिलाऊँ प्राण–चामर ?सजूँ कि यशून्सुन्दर ?बजाऊँ भित्र घण्ट यो ?बजाऊँ पाठ ! कण्ठ यो ?रचूँ नयाँ जगत्म के ?असी र चार प्यारका तयार पारुँ व्यञ्जन ?अपार सद्य अज्मिएप्रवेश गर्दछयौ ? भन !त्यजेर छद्य चाल यो, के सत्यरुप धर्दछयौ ?के कल्प, कल्प मातमा,म साथमा दुगुर्दछयौ ?
ए पोथी शक्ति ! भूसुता !लिएर जाल रेशमी सुवर्ण–मत्स्य–दिल कुनै,अमोलको, खगोलको,समुद्र–नीरबाट के शिकार्न शौक गर्दिनौ ?ए पाल ! तालमा त्यहाँ !हिमाल–सानुका मनि !खिलाउँदी, पिलाउँदी र प्यारले जिलाउँदी !जो सत्यमा छ, सम्झ हे !स्वधम्र्मको सदा विधि !
म क्रुद्ध हुन्छ !ठान्दछयौ जगत्भरी चले मिशीन ?मिशीन मात्र चल्दछन्?
अजीव छन् सबै ?सबै ?नज्यूँदछन् कुनै दिल, यहाँ तल ?बुझी, चल !म हैन प्राणहीन हे !म हुँ उत्ताल जिन्दगी !म भावको हुँ आँकुरा !म दिव्यजाल माकुरो !म जान खोन्छु के ठगी !चरी सँगी ?नशा हुँ अग्निको म ता !म बाफ चक्षुनीरकोप्रवाहमा यो श्वासको समीरको !
छुँदैन यी पुकारले ,ए छोइयू !धुने भएन आँशुले ?ए धोइयू !परेर प्ररणा तिमीझिलिक्क पङ्ख फोइयू !म सत्ते रोइरा’छु ए !म आफु खोइरा’ छु ए !ए सत्य रुपमा झर !न फेरि लाञ्छना गर !पचाउँछयौनि बूझ है !तिमी मलाई ल्यौ सबै !ए आत्मा ! आऊ ! स्वर्ग जाऊँअन्भ, अन्भ, साथमा !कुनै अपर्श उच्चता लिएर सद्य लौ सजूँरङ्गीन अभ्र पातमा !कूचो समाऊ रश्मिको ! बढार पूर्व आँगन !म साथ शक्ति ! घोसल !विचित्र अग्नि माँगन !
निहार बेलिफूलको टपक्क एक जीवन !धु्रव–प्रदेशतारका अपारका निहारन !जहाँ घुमेर साथमा अभेद्य ज्योति दम्पति,सँगाल्छ विश्वसम्पति !विचार अङ्क एकको उदेक एजहाँ दुई !
छ छाल, उछ्लिनेअनन्त–आँतको भरीबोलाउँदै परस्परी !महामरु प्रफुल्ल हुन्छ,सर्छ सृष्टिवल्लरी !तिमीले मन्त्र यो शिके,“म अर्पिए सँधैभरि !”
म अश्रुसिन्धु हुन्छु ए !डुबी डुबी तिमी मर !जिई वर !
छ प्यारको हिमालयी महाघर !गजूरमा छ त्यो मजा !अनन्तसौख्यको ध्वजा !जहाँ तुषार प्यारमाउषा चढुन्शिंगारमा !हारमा !
समाज आऊ लौ ! तरुँ !बगाऊँ धार प्यारको !किनारमा बसी रचूँ !पुरीनयाँ अपारको !घडाभरी छ, चन्द्रमा !कलङ्क ध्वौ, बगी झर !यहाँ पर !
के जिल्ल पर्दछयौ अरे ?म उच्च–बुद्धि–पागल !भए त कालिका, छली !विनाशदीप सक्कली !ए मानिसै भए पनिमनुष्यको अरण्यमा मृतासमान एकली !धराकलि !मलाई चर्म देख्दछयौ ?कि नोटका ठूला बिटा ?न मर्म या निरख्दछयौ ?सुतेछ हाय ! देवता !
सकारिनौ त प्यार के ?ए ओर्ल ! छौ तयार के ?भयो, भयो, न दृक्तर ?क्षुधा, क्षुधा, रही मर !तृषा, तृषा, सधैंभर !
डटेर झ्यालमा बस !डढाऊ लौ बनारसअधर्मिणी ! हिंडे पर !सलाम ! भो क्षमा गर !बिगार्दछयौ मुहार के ?जगत् पखाल्न शक्दथ्यौ !हिलो भर !सडी मर !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)