नेपाली अभिलेख

कमजोरी

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.कमजोरी हुन्दुःखकी बहिनी,श्रमकी छोरी !दिनभर, दिनभर मन्थन गर्दै मानव स्नायुफींज सोहोरी,विधिले रचे रे कमजोरी !इन्द्रधनुषको रङ्ग क्यै जोरी !साँवली छन्, छैनन् गोरी !तैपनि छन् फेनील हुरी !
ख.गुलाफ बागमा यस मासुको,गोधूलिमा, मूल परीकन,जन्मिन् मोरी !अलसाइँले गोद लिइन् तब,गाला जोरी !क्षुधा र तृष्णासँग ती खेलिन्भग्न मनोरथहरुका वनमा ।
मध्यरातमा बैंसे भइछन्प्रथम श्रापकी उम्दा छोरी ।कविसँग जिस्किन्, तिर्छी हानी ।कस्ती उत्ताउली ती मोरी !
ग.आँखा खोली अनगिन कोटी,ढल्की बादल भुवामा लेटी,कविता गर्न बसिथिन् रजनीकागतजस्तो फिंजाई अवनी !उनकी प्रतिभा मुस्किरहिथिन्!केही टटोलीचट्ट उँगी छन् ! मुखी ढाकी छन्!कालो मसी सब ख्वात्तै पोखी !थाकी छ्न् ती नरम सिरकमाछाती जोरी !यस्तो गर्छिन् बराबर मोरी !कमजोरी, ती श्रमकी छोरी !
घ.घनश्यामा छन्, दृग लामा छन्।जादूकेशी !वयसी, अयसी, नशाकी महिषी,कालो–मुलायम–मखमल–वेशी !मुसमुस अत्तराउँछअ तिनकोसाँझमा बेसी !‘इविनिङ पेरिस्! ’थकित जगत्को त्यसमा के रीस ?तर निशिजागा कविकी मस्ती,सीताजस्ती,देख्छे रङ्गीबिरङ्गी तोरी !सम्मोहनको लहरी हान्छिने जब ती मोरी !
बसिरहेछु, कलम ली घोरी !फुत्की, भाग्दछु, उड्दछु भन्छु ।कल्पनाका पङ्खमा लाउँछिन्मसिनो जाली, रेशम डोरी !बोक्सी मोरी !उल्टो जीवन–वीणाका सब तन्त्री बोल्छन् तन्त्री रुन्छन्,टूट–स्वरमा, झकझक, झुनझुन,प्रभावले नै आफै सोरी ।स्वर, स्वर बुन्छन् उँगको जाली !शीमल कोमल तकियाहरुका गालासँगका प्यारहरुकाकथा–रुमानी, मीठा हाली ।“शान्ति धनी छ” गाउँछिन् नानी ।“स्वर्ग के हो ?” बुझिरहेछन् छटछट प्राण हिमानी !विश्व–शाल्मली फूल–गुल्जार छ !भन्छ पवनले “निदभर ढुँटे,आखिर बादल–तकिया, शीमल–फूवभुवा नै स्वर्गको सार छ ! ”शीमल बादल !लम्बनलेऔ अवलम्बनले प्यासका तारा जब गुम पार्छ,असङ्ख्य धनकोतब पो सार छ !निद्राधनी क्या अवाक्रहन्छन्, भाषा तिनको क्या लाचार !खोजहरुको पर त्यो हेर !क्या संसार छ ! क्या संसार छ !मानवता छ भावुकतामा मेरो सुृन्दरता हेरी,अल्सारनुमा, निदाउनुमा नैआँखा जोरी !दिनभर, दिनभर पत्थर फोरी,आत्महत्या गर्छौ कवि किन ?दृष्ट जगत्मा प्यासले मोरी,माथा फोरी, कागज कोरी ! .........सूनसानको दौलत हेर ! आँखा जोरी !”उँग लागेछ ! झस्की उठें तब !“गडबड नगरन ! ” भन्दै, “कस्तीउत्ताउली भएकी तिमी ? ए मोरी”
च.कलम समाएँ..........खेल्थे नाजुकऔंलाऔंलीतरङ्गजलमा, चोपलचापलसाथ उँगौली !“औंली बसौली, अलि तल जौली, बयौली,झल्को उठौली, औंली ।”
छ.दुःख यो रण हो ! दुःख यो रण हो !जागरण नै मूक मरण हो !गाउन लागिन्, ताना छोडी ।मुस्की मोरी !
ज.तरबार फुकेर सिपाही मरेझैंकलम गयोरी ! गयोरी !कस्तो छोप्ने जादू तिनको !चोट बिर्से युद्धमरणकोआँखा चिम्ले, सन्चो भो सी !
झ.मिलजुल स्वरमा तब अब बोलें ।“हारहरुका हार चढाएँ ! लेऊ मोरी !खुट्टा मिच लौ, खुट्टा पसारेंसासुकी छोरी !सौता कविता रिसाई गइन् अब, सुन्दरी गोरी,मगजै छोडी !आँशु उनका, प्यास तिमीकनझ्याप्प निभाऊ चेतन मोरी !अमरत्व गरीब छ,दुःखी जीव छ !मरणै धनी हो !मरणै मीठो री” !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)