नेपाली अभिलेख

एक तिमी

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.‘हुन्न’ भन्नु तिमीले केवलआफूलाई नचिन्नु होआफूलाई नगन्नु हो !स्रष्टाका ए प्रतीक अदर्पणपरिस्थितिको स्रष्टालाई,धुस्नाहरुमा चट्ट सुताई,कैद गरीकन थुन्नु हो !
ख.किन हुन्न ? किन हुन्न ?यस माटोमा अङ्गुर स्याउ !सह्यार बाहुला कोदाली ली,लौ आऊ !यो हो फलको द्धार हेर !आफूलाई चिन्ने ठाउँ !
ग.यहाँ छ एकै अभाव सधैँभर—एक तिमी !एउटा रुद्र,एउटा विष्णु,एउटा ब्रह्मा,त्रिमुखी ईश्वर, एउटै मात्रजम्मा !केवल तिमी !
घ.देशको यो विस्तृत माटोयसमा कुन हो रसको कमी ?चाहिन्छ केवल एउटै मान्छेकेवल तिमी ?
ङ.यस्तो चिसो बिहान,प्राणलाई पुष्प बनाई हातमा ली जाऊ, जाऊआफ्नै सुनौला मन्दिरकोपारसनाथ !विश्वास गरेपछि, को छ अनाथ ?के छैनन् भन, साथ ?ईश्वर एउटै मात्र यहाँ छ— सम्झ गमी ! केवल तिमी !
च.भैगो मरेछौ बाटैमा !तिमी मरेपछि देख्नेछौ ए आफूलाईहिडिरहेको, हिडिरहेको,चालू लक्ष्यको साथैमा !शास्त्रहरु सब सच्चा हुनेछन् ! विश्वास गर !आत्मा तिम्रो मर्दैन कहीँहामी नास्तिक बन्नेछैनौँपाई फेरि तिमीलाई यहीं !शून्य डराउँछ एकै चीजले— जान्छ गुमी जिउँदा भएमा—केवल तिमी !
छ.‘हुन्न’ हो शून्य !‘हुन्छ’ हो धन्य !पहिलो चिहान हो,दोस्रो चमत्कार !देशको केवल एक कमी ! पटुका कसेका दहराअमर उज्याला काल गिज्याई हाँसेकाएक तिमी !मुर्दा जगत्हरुका हे प्राण ! यहाँ छ तिम्रैमात्र कमी !उद्दीपन छौ प्राणहरुकाकेवल तिमी !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)